LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तानसेन ।

चिच्याएर वर माग्ने मेला सकिएपछि भेटी गणना सुरु गरिएको छ । पाल्पाको तिनाउ –४, सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको वर माग्ने मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी गणना सुरु गरिएको सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिले जनाएको छ ।

तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय भद्रभलादमी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा आइतबारदेखि भेटी गन्न सुरु गरिएको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।

उहाँका अनुसार आइतबार बिहानदेखि बेलुकीसम्म २६ लाख बढी भेटी सङ्कलन भएको छ । उक्त भेटी बैङ्कमा दाखिला गरिएको बताइएको छ । बाँकी भेटीको गणना जारी रहेको उहाँले जानकारी दिनुभयो ।

मन्दिरमा भक्तजनले चढाएका नगदसहित बहुमूल्य धातुबाट बनेका गहनाको पनि गणना गर्ने र सार्वजनिक गरिने अध्यक्ष गाहाले बताउनुभयो । गत वर्ष १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो । यो वर्ष भक्तजनको सङ्ख्या बढेकाले भेटी बढेको समितिले जनाएको छ ।

चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ । सत्यवतीमा हरेक वर्ष तिहार पछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ । सत्यवती बज्यै सुस्त श्रवणकी भएकाले यहाँ आउने भक्तजनले चिच्याएर आफूले चिताएको वर मागेमा पूरा हुने विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय