LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लमजुङ जिल्लामा सम्पन्न प्रथम मेयर कप खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुपन्देही जिल्लाले दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ ।
प्रतियोगितामा काठमाडौं प्रथम हुन सफल भएको थियो भने मकवानपुरे टोली तेस्रो भएको छ भने चन्द्रागिरी टोली चौथो भएको थियो ।

लमजुङ जिल्लाको भोर्लेटारमा आयोजना भएको राष्ट्रिय प्रतियोगितामा १९ टीमबाट ४ सय ३४ जना खेलाडीको सहभागीता रहेको थियो   प्रतियोगितामा सहभागी राष्ट्रिय तेक्वान्दो संघको रुपन्देही जिल्ला टिम कोच लोकेन्द्रबहादुर पुनले प्रतियोगितामा १९ टिमको सहभागीता रहेकोमा रुपन्देही दोश्रो हुन सफल भएको बताउनु भयो ।

उहाँले स्थानीय तहको साथ र सहयोग मिल्यो भने स्वदेशमा मात्रै नभै विदेशमा पनि प्रथम स्थान हासिल गर्न सकिने बताउनुभयो । राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेश अध्यक्ष खड्गबहादुर गुरुङ र सचिव तेज कुँवरको प्रतियोगिता आयोजनामा विशेष सहयोग रहेको थियो ।

उक्त प्रतियोगितामा रुपन्देहीबाट खेलाडीसहित टिमकोच, टिम म्यानेजर सिर्जना बुढाथोकी, रेफ्री र खेलाडी गरि ५२ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय