LIVE
बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना |

मसिर ४, सेनामैना

अमृता थारु  । रुपन्देहीको सैनामैनामा डिसहोमको इन्टरनेट सेवाविस्तार भएको छ । सोमबार मुर्गियाको भार्सेली चोकमा डिसहोम इन्टरनेटको डिलर आर.के. मार्केटिङ्ख बुटवलले आफ्नो नयां शाखाको एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमृख फणेन्द्र प्रसाद शर्माले आर.के. मार्केटिङ् परिवारलाई व्यवसायीक सफलताको शूभकामना दिनुभयो ।
आर.के.मार्केटिङ् का सञ्चालक रिद्धिमान शाक्यले डिसहोम इन्टरनेट सुरुवातको तीन वर्षमै इन्टरनेट सेवाको बजारमा देशको दोस्रो स्थानमा रहेको जानकारी दिनुभयो । त्यसैले सस्तो, भरपर्दाे र गुणस्तरिय इन्टरनेट भएकाले डिसहोम इन्टरनेटलाई सैनामैनावासीले ढुक्क भएर प्रयोग गर्न आग्रह गर्नुभयो ।
डिस मिडिया नेटवर्क लिमिटेडका निराजन रेग्मीले अहिले इन्टरनेट बजार प्रतिस्प्रधात्मक भएतापनि सैनामैनामा डिसहोम इन्टरनेट सेवा विस्तारको १२ दिनको छोटो समयममा १०० बढी ग्राहक बनाउन सफल भएको बताउनुभयो ।

साथै सैनामैना क्षेत्रमा १ वर्षंंभित्रमा १० हजार ग्राहकबनाउने लक्ष्य रहेको उहाँले भन्नुभयो । अहिले २०० र ३०० एमबीपिएस कोडसहोम इन्टरनेट जडान गर्दा तीन महिनाको बोनस रहेको जानकारी गराउनुभयो ।
कार्यक्रमा डिसहोम इन्टरनेटको आधिकारिक सबडिलर रेम्बो टि.भी सेन्टरका सञ्चालक युवराज घिमिरेले पहिला इन्टरनेट जोड्ने ५० जना ग्राहकलाई बिशेष छुटको व्यवस्था रहेको जानकारी दिनुभयो ।

डिस मिडिया नेटवक लिमिटेडका विनोद सुवेदीले कार्यक्रमको समापन गर्दै सैनामैना नगरका प्रत्येक व्यत्तिका घरमा इन्टरनेट सेवा सुलभ दरमा प्रदान गरिने बताउनु भयो । कार्यक्रमा डिस मिडिया नेटवर्क लिमिटेडका अब्दुल कलम शाह, नारायण घिमिरे, यम गैरे लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्ण न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय