LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डाै – व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर अर्थात् झन्डै ३२ अर्ब नेपाली रुपैयाँ लगानी रहेको भन्दै प्रसाईंले हिजो बेलुका केही कागजात सार्वजनिक गरेका थिए ।

देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिको नाम र हस्ताक्षर कीर्ते गरेर गलत विवरण तयार पारी भ्रम फैलाएको भन्दै सीआईबीको टोलीले प्रसाईंलाई उनको घर भक्तपुरबाटै पक्राउ गरेको हो । प्रसाईंले प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षरसहित विवरण सार्वजनिक गरे पनि नाम थर र हस्ताक्षर नमिलेकाले उनले गलत विवरण सार्वजनिक गरेर भ्रम फैलाएको आरोप लागेको छ ।

ओली सन् २०१९ मा एउटा बिजनेस सम्मेलनमा भाग लिन कम्बोडिया जाँदा त्यहाँको टेलिकम कम्पनीमा शेयर होल्डरको रूपमा ३२ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी गरेको प्रसाईंको जिकिर छ ।

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले विभिन्न मुद्दा चलाउने तयारी गरेको छ । उनले प्रधानमन्त्रीकै नाम र हस्ताक्षर कीर्ते गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिताअनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरीमाना हुनसक्छ । यस्तै हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँसम्म जरीमाना हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय