LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

काठमाण्डाै – व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर अपराध कसूरमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर अर्थात् झन्डै ३२ अर्ब नेपाली रुपैयाँ लगानी रहेको भन्दै प्रसाईंले हिजो बेलुका केही कागजात सार्वजनिक गरेका थिए ।

देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिको नाम र हस्ताक्षर कीर्ते गरेर गलत विवरण तयार पारी भ्रम फैलाएको भन्दै सीआईबीको टोलीले प्रसाईंलाई उनको घर भक्तपुरबाटै पक्राउ गरेको हो । प्रसाईंले प्रधानमन्त्री ओलीको नाम र हस्ताक्षरसहित विवरण सार्वजनिक गरे पनि नाम थर र हस्ताक्षर नमिलेकाले उनले गलत विवरण सार्वजनिक गरेर भ्रम फैलाएको आरोप लागेको छ ।

ओली सन् २०१९ मा एउटा बिजनेस सम्मेलनमा भाग लिन कम्बोडिया जाँदा त्यहाँको टेलिकम कम्पनीमा शेयर होल्डरको रूपमा ३२ अर्ब नेपाली रुपैयाँ बराबरको लगानी गरेको प्रसाईंको जिकिर छ ।

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले विभिन्न मुद्दा चलाउने तयारी गरेको छ । उनले प्रधानमन्त्रीकै नाम र हस्ताक्षर कीर्ते गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिताअनुसार सरकारी वा सार्वजनिक लिखत कीर्ते गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरीमाना हुनसक्छ । यस्तै हस्ताक्षर कीर्ते कसुरमा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँसम्म जरीमाना हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय