LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

गुल्मी
। गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।

“जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान” कार्यक्रमअनुसार गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडा अनुदान उपलब्ध गराउने भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो ।

अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि– २०८० को परिच्छेद –२ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गाधनी दर्ता प्रमाणपुर्जा, नागरिकको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

जग्गा भाडामा लिर्इ खेती गरेका किसानले कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा १५ रोपनीभन्दा माथि लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने, एकवर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्षको र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षको सम्झौता भएको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय