LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

रूपन्देहीको सैनामैना–३, मुर्गियास्थित श्री नवदुर्गा भवानी शैलपुत्री शक्तिपीठमा बुधबारदेखि निशुल्क योग विज्ञान शिविर सुरु भएको छ । यो योग शिविर मंसिर ११ गतेसम्म जारी रहनेछ ।

कार्यक्रममा योग गुरुहरूद्वारा सहभागीहरूलाई योगका विभिन्न पक्षहरूका बिषयमा अभ्यास गराइनेछ । जसमा शारीरिक स्वास्थ्यका लागि योग आसन, श्वासप्रश्वास नियन्त्रणका लागि प्राणायाम, मानसिक शान्तिका लागि ध्यान विधि र योग विज्ञानका सिद्धान्तहरूमाथि विस्तृत जानकारी प्रदान गरिने कार्यक्रम रहेको छ ।

शिविरको मुख्य उद्देश्य मानिसहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्नु, मानसिक तनाव व्यवस्थापन गर्न सहायता गर्नु र योग विज्ञानलाई दैनिक जीवनको हिस्सा बनाउन प्रेरित गर्नु हो । शिविरले बालबालिका, युवा, वयस्क र ज्येष्ठ नागरिक सबै उमेर समूहका सहभागीहरूको लागि समान अवसर प्रदान गर्ने सहभागीहरुले बताएका छन ।

नवदुर्गा भवानी शैलपुत्री शक्तिपीठ सैनामैनाको आयोजना र पतञ्जली योग समिति सैनामैनाको सहआयोजनामा योग शिविर सुरु भएको हो ।
निशुल्क योग विज्ञान शिविरको शिविर हरेक दिन बिहान ५ बजे शुरू भएर करिब २ घण्टासम्म सञ्चालन हुनेछ । शिविरमा सहभागी हुन कुनै शुल्क नलाग्ने र सबैका लागि खुला हुने आयोजक समितिले जनाएको छ ।

आयोजक समितिले समुदायका सम्पूर्ण इच्छुक व्यक्तिहरूलाई समयमै उपस्थित भएर योगबाट फाइदा लिन आग्रह गरेको छ ।
कार्यक्रमले धार्मिक आस्था र आध्यात्मिक चेतना विकाससँगै, मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आयोजक समितिका अध्यक्ष कृष्णप्रसाद कँडेलले पछिल्लो समयमा मानिसहरू आफैंमा व्यस्त भएका कारणले आफ्नै शरीरका लागि पनि समय नदिरहेको अवस्थामा यो कार्यक्रमले मानिसलाई आफूलाई पनि अनुशासित भित्र बाँध्नका लागि सहयोग पु¥याउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय