LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको तेस्रो अधिवेशनबाट न्यू एकेडेमी ईङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल टोपलाल भट्टराई अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

आगामी तीन वर्षका लागि भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै सचिवमा मेघराज अर्याल, कोषाध्यक्षमा लेखनाथ गैरे र सदस्यहरुमा जे.एन.पाण्डे, सुनिल पोख्रेल, कुलराज अधिकारी, लक्ष्मण अर्याल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यसअघि मंगलबार भएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सैनामैनाको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई हेर्ने दृष्टिकोण समान भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य लेखनाथ पौडेलले राज्यले संस्थागत र सामुदायिक विद्यालयमा लागु हुने नीति नियम एउटै बनाए पनि व्यवहारमा संस्थागत विद्यालयलाई अझै विभेद गरेको बताउनुभयोे ।

कार्यक्रममा लुम्विनी प्रदेश सहसचिव कृष्णप्रसाद शर्मा लगायतले साधारण सभा तथा अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो । प्याब्सन सैनामैना अध्यक्ष टोपलाल भट्टराईले सैनामैना नगर प्याब्सनले रचनात्मक काम गरेको बताउनुभयो ।

नगर भित्र प्याब्सनमा आवद्ध विद्यालयहरुबाट उत्कृष्ट विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान समेत गरेको भट्टराईले जानकारी गराउनुभयो ।

प्याब्सन सैनामैनाको नगर अध्यक्ष टोपलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको कोषाध्यक्ष शुसिला शर्माको स्वागत तथा सचिव धर्मराज घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय