LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

विश्वकप खेल्नका लागि पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय नेत्रहीन क्रिकेट टिमलाई विदाई गरिएको छ । बुधबार रुपन्देही क्रिकेट संघले भैरहवामा एक कार्यक्रमबीच टिमलाई विदाई गरेको हो । पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकपमा सहभागी हुन बुधबार नेपाली टिम रुपन्देहीको बेलहिया नाकाबाट भारत हुँदै पाकिस्तानतर्फ प्रस्थान गरेको छ ।

टिममा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना सहभागी छन् । नोभेम्बर २३ देखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुने विश्वकपमा नेपाली टिमले प्रतिस्पर्धा गर्ने छ ।

खेलाडीलाई विदाई गर्दै सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक प्रेमकुमार सेन्चुरी, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, संघका रुपन्देही सचिव संजय गुरुङ लगायतले उपाधि जितेर फर्किन शुभकामना दिए ।

खेल मुलुकको प्रतिनिधित्व मात्रै नभएर यसले राष्ट्रलाई चिनाउनसमेत महत्वपूर्ण योगदान दिने जनाउँदै सफलताको शुभकामना दिए । उनीहरुले खेलमा जित वा सिकाई मध्ये एक हुने बताउँदै उत्साह सहित प्रदर्शन गर्नका लागि आग्रह गरे । नेत्रहीन क्रिकेटमा नेपालले गरिरहेको प्रगती सबैका लागि प्रेरणा भएको समेत उनीहरुले जनाए ।

पाकिस्तानमा हुन लागेको नेत्रहीन टि–२० विश्वकप चौथो संस्करणको हो । नेपाली नेत्रहीन राष्ट्रिय क्रिकेट टिमका कप्तान रमेशबहादुर बानियाँले सरकारी पक्षबाट राम्रो सहयोग नभएपनि केही समयको तयारीले विश्वकप खेल्न जान लागेको जनाए । पछिल्लोसमय नेपाल क्रिकेट संघले केही सहयोग गरेपनि अन्य सहयोग नपाएको गुनासो उनको छ । छोटो समयको तयारी भएपनि आफूहरुले उपाधि जित्ने विश्वास लिएर टिम एक ढिक्का भएर देशका लागि खेल्ने कप्तान बानियाँले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय