LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाण्डौ – नेत्रहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान गरेको छ । हिजो रुपन्देहीको भैरहवामा रुपन्देही क्रिकेट सङ्घले बिदाई गरेपछि नेपाली टोली बेलहिया नाका हुँदै भारत प्रस्थान गरेको हो ।

हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुग्नेछ । यसअघि पनि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको थियो, चौतर्फी आलोचनापछि नेपाल क्रिकेट सङ्घसहितका निकायको सहयोगमा टोली जहाजमा नेपाल फर्किन पाएको थियो ।

‘उहाँहरुले खासै गुनासो त गर्नुभएन तर, पैसाकै अभावमा टोली गाडी र रेलबाट पाकिस्तान जान थालेको पायौँ, यो विषयमा सरकार गम्भीर हुनुपर्ने जस्तो लाग्छ ।’ रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले भन्नुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले राम्रो प्रगति गरेको र सेवा सुविधा पनि बढ्दै गएको अवस्थामा नेत्रहीन टोली विश्वकप खेल्नको लागि गाडी र रेलबाट अरु देशमा जानुपर्ने अवस्था सुहाउँदो नभएको थापाको भनाइ छ ।

नेपाली टोलीमा खेलाडी, अफिसियल, कोच, व्यवस्थापक र मेडिकल टिमसहित २१ जना टोलीमा छन् । चौथो संस्करणको नेत्रहीन टी–२० विश्वकप पर्सि नोभेम्बर २३ तारिखदेखि डिसेम्बर ३ सम्म पाकिस्तानको लाहोर र मुल्तानमा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय