LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

मंसिर ६,
१४ जनालाई खानामा विष हालेर हत्या गरेको आरोपमा थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला भएको छ ।

गएको वर्ष एक जना धनी साथीको खाना र पेय पदार्थमा विष हालेर हत्या गरेपछि पक्राउ परेकी ३६ वर्षकी सररत रङ्गसिवुथापोनले अरू १३ जनाको पनि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

पक्राउ परेपछि उनले आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको जिकिर गरेकी थिइन् । तर शव परीक्षण गर्दा मृतकको शरीरमा साइनाइड विषादी भेटिएको थियो । त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा महिलाले सन् २०१५ देखि यस्तै १३ वटा हत्या गरेको पाइएको थियो ।

प्रहरीका अनुसार सररतलाई जुवाको लत थियो र उनले पैसा तिर्नुपर्ने साथीहरूलाई लक्षित गरेर हत्या गरेकी थिइन् । उनले केही साथीहरूको गहना र बहुमूल्य वस्तुहरू चोरी गरेकी थिइन् ।

प्रमाण लुकाएको आरोपमा दोषी ठहर भएकी महिलाका पूर्वपति, एक जना प्रहरीका पूर्वअधिकारी र उनका वकिललाई अदालतले यसअघि नै जेल सजाय सुनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय