LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा रूपन्देहीको सैनामैना नगरपालिका वडा नंं ४ मा रहेको १२ बिघा पोखरीमा १० हजार माछाका भुरा छोडिएको छ ।

स्थानीय समुदायको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले सिमसार क्षेत्रको रूपमा विकास गरिदै गरेको १२ बिघा तालमा रोहु र नैनी जातका माछाका भुरा छाडिएको हो । उक्त पोखरीमा बाह्रै महिना पानी हुने र चरा चुरूङ्गीको समेत वासस्थान रहेकोले १२ बिघा पोखरीलाई सिमसार क्षेत्रको रूपमा विकास गर्ने योजना रहेको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रुपन्देहीका निर्देशक दिपक भुसालले खोलामा बिषादी छर्केर माछा मार्नेक्रम बढिरहेको बताउँदै त्यसबाट प्राकृतिक जलचर नष्ट हुने अवस्थामा पुगेको बताउनुभयो । माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईकालागि उपयुक्त मानिने भएकोले वातावरणलाई असर गर्ने कुनैपनि क्रियाकलाप गर्न ऐनले रोक लगाएपनि कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

उहाँले नदी दोहन बढ्दा खोलामा प्रदुषण बढेको र त्यसकै कारण स्थानीय जातका माछा नष्ट हुँदै गएको बताउँदै माछाले प्राकृतिक सन्तुलन कायम गर्न सहयोग पु¥याउने भएकोले खोला, नदी तथा तालका माछा संरक्षण गर्न आग्रह गर्नुभयो । निर्देशक भुसालले माछाको प्रजनन बृद्धिमा समेत सहयोग गर्ने र ताललाई सफा राख्न माछाले सहयोग पु¥याउने भएकोले आगामी दिनमा तालमा छोडिएका माछा संरक्षण गर्न स्थानीय समुदायसंग आग्रह गर्नुभयो ।

१२ बिघा पोखरीहरुलाई पर्या पर्यटनसंग जोडने गरि नगरपालिकाले बजेट समेत विनियोजन गरि सफाई अभियान सञ्चालन गरिसकेको सैनामैना नगरपालिकाले जनाएको छ । पोखरीको क्षेत्रफल १२ बिघा रहेकोले पोखरीको नाम नै १२ बिघा पोखरी राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय