LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

अर्घाखाँची,

। सन्धिखर्क नगरपालिका–७ मा रहेको प्रसिद्ध सुपादेउराली मन्दिरमा सङ्कलन भएको रकम सामाजिक कार्यमा पनि लगानी गरिएको छ । सुपादेउरालीमा वार्षिक एक करोड रुपियाँबराबर भेटी सङ्कलन हुन्छ । सो रकमबाट सन्धिखर्क र शीतगङ्गा नगरपालिकाभित्र रहेका केही विद्यालयमा आर्थिक सहयोग हुँदै आएको छ ।

सन्धिखर्क नगर अन्तर्गतको आदर्श मावि, खाँचीकोट, शीतगङ्गा नगरपालिकाको सीतापुर आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालय सञ्चालनार्थ आर्थिक सहयोग प्रदान हुँदै आएको छ ।

शिक्षा क्षेत्रमा मासिक एक लाख ६० हजारभन्दा धेरै सहयोग गर्दै आएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष फर्सबहादुर केसीले बताउनुभयो ।

सन्धिखर्कमा गौशाला र वेद विद्याश्रम, सिद्धेश्वर मन्दिरलगायतका मठमन्दिरलाई पनि आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष केसीको भनाइ छ । मन्दिरको भेटीबाट गाउँमा विद्युतीकरण, शौचालय निर्माण, सडक निर्माण, भूकम्प तथा दुःखमा परेका समुदायमा सहयोगलगायतका सामाजिक कार्यमा वार्षिक लाखौँ रकम खर्च गर्ने गरिएको छ । मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री र शिक्षकलाई तलब तथा विकास निर्माणका काममा खर्चेर बाँकी रहेको रकम बैङ्कमा बचत गर्ने गरिएको केसीले बताउनुभयो । मन्दिरको आम्दानीले आफ्नै गाउँमा विद्यालय सञ्चालन हुँदा खाँचीकोट र सीतापुरवासी खुसी छन्  ।

महेन्द्र राजमार्गको गोरुसिङ्गे–सन्धिखर्क सडकमार्गको ४३ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपादेउराली मुख्य सडकमार्गमा अवस्थित छ । शीतगङ्गा नगरपालिका–२ र सन्धिखर्क नगरपालिका–७ को सिमानामा सुपादेउराली मन्दिर पर्दछ ।

प्राकृतिक सौन्दर्यले भरिएको महाभारत पर्वत शृङ्खला अन्तर्गत पहाडको खोचमा रहेको मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौँ भक्तजन आउने गर्छन् । २०४२ सालमा मन्दिर निर्माण भए पनि परापूर्वकालदेखि पूजाआजा गर्ने शक्तिपीठका रूपमा सुपादेउराली चर्चित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय