LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

देउखुरी,  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोले भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा शुक्रबार भएको भेटवार्तामा लुम्बिनी प्रदेशको विकास र समृद्धिमा स्विस सरकारले हाल गर्दैआएको सहयोगको बारेमा छलफल भएको बताइएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश तह आत्मनिर्भर हुने चरणमा रहेकाले यो अवधिमा दातृ निकायहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै पूर्वाधारदेखि सामाजिक क्षेत्रको विकासमा सहयोग आवश्यक परेको बताउनुभयो । प्रदेश स्थापना भएर कार्यान्वयनमा आएको ७ वर्ष भएको छ ।

प्रदेश आत्मनिर्भरताको बाटोमा छ । सबै प्रकारको साथ सहयोग जरुरी छ, उहाँले भन्नुभयो, “स्वीस सरकारले गर्दैआएको सहयोगलाई प्रदेश तहमा निरन्तरता दिन अझै जरुरी छ । झोलुङ्गे पुल निर्माण, पक्की पुल निर्माण होस् । प्राविधिक सहयोगलाई अझै निरन्तरता दिन आवश्यक छ ।”

लुम्बिनी प्रदेशभित्र मानसिक स्वास्थ, मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको समस्या उच्च रहेकाले ती समस्या समाधान गर्न पनि साझेदारी गर्न प्रदेश सरकार तयार भएको जानकारी गराउनुभयो । यसका साथै लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना निर्माण गरेरको र अब त्यसलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर कार्यान्वयनमा लगिने मुख्यमन्त्री आचार्यले जानकारी गराउनुभयो ।

हाल स्वीस सरकारको सहयोगमा बर्दियामा मात्र मानसिक स्वास्थ तथा मनोसामाजिक सेवा कार्यक्रम लागू भएको छ । यो कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा केन्द्रित गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावप्रति राजदूतले सकारात्मक प्रतिक्रिया दिनुभएको भेटमा सहभागी मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिनुभयो ।

प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा रणनीतिक योजना निर्माण गरेकोमा राजदुत डानियल मेउल्ली मोन्टेलोले सरकारप्रति बधाई ज्ञापन गर्नुभयो । भेटमा राजदूतसँगै वरिष्ठ राजनैतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा बाँस्कोटा, सीएमसी नेपालका प्राविधिक निर्देशक डा। पशुपति महत, प्रादेशिक संयोजक हिमाल गैरेसहितको टोली सहभागी थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय