LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

पूर्वराजा ज्ञानेन्द्र शाह रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिर उदघाटनमा आयोजित पूजाआजामा सरिक हुनुभएको छ ।
शुक्रबार बिहान चार्टर विमानमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउनुभएका पूर्व राजा शाहलाई समर्थक, शुभेच्छुक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, कार्यकर्ता, राजावादीहरु लगायतले स्वागत गरेका थिए ।

यसैबीच लुम्बिनी स्थित पाल थुव्तेन सेडुप लिङ गुम्बा (हजार बुद्ध मन्दिर) को उदघाटन गरिएको छ । कानिङ सेडुव लिङ गुम्बा संगठन तथा विकास कोष परिवारले निर्माण गरेको गुम्बाको शुक्रबार एक समारोहकाबीच उदघाटन गरिएको हो ।
बौद्ध गुरु छोकी निमा रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले गुम्बाको औपचारिक उदघाटन गरेका हुन् ।

उदघाटन समारोहमा बोल्दै बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताहरुको सहयोगबाट हजारबुद्धको महाविहार निर्माण भएको भन्दै अब यसको संरक्षण सबैले गर्नुपर्ने बताउनुभयो । उहााले बुद्ध भगवानको जन्मस्थल लुम्बिनीमा विहार निर्माण गर्न पाउँदा निकै खुशी लागेको बताउँदै आफूहरुलाई पूजाको वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

यस्तै उदघाटन समारोहमा कोषका उपाध्यक्ष डाक्टर ल्हारक्याल लामाले लुम्बिनीमा ठूलो गुम्बा निर्माण हुनु लुम्बिनी र नेपालसँगै विश्वका शान्तिप्रेमीहरुका लागि गौरव भएको बताउनुभयो ।

विहार उदघाटन अघि मंसिर ४ गतेदेखि प्राण प्रतिष्ठान पूजा गरिएको थियो । पुण्य मंगल ज्ञान बर्सात नाम शुद्धि स्नानद्धारा प्राण प्रतिष्ठान, चन्द्र अमृत नामक स्नान, शाक्यमुनी बुद्धको साधना सोह« स्थविरको स्तुती एबम पुजन गरिएको विहारका प्रमुख तथा रिन्पोछे ग्यालजोनले जानकारी दिनुभयो ।

महायानी परम्परा अनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिकाहरु, विदेशी पाहुनाहरु, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
विहारको उदघाटन लगत्तैको पुजामा पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थिती थियो । पूर्व राजा शाहलाई छोकी निमा रिन्पोछेले स्वागत गर्दै पूजामा सरिक गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय