LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

भैरहवा ।

महिला तर्फको यु १९ विश्वकपमा पुग्ने नेपाली टिमका सदस्य तृष्णा विश्वकर्मालाई सम्मान गरिएको छ । विश्वकर्माको गृहक्षेत्र ओमसतिया गाउँपालिकाले शुक्रवार दोसल्ला ओढाई, नगद ५१ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो ।

हालै युएईमा सम्पन्न विश्वकप छनौट खेलमा नेपाली महिला टिम छनौट हुँदा विश्वकर्मा सो टिममा सदस्य थिइन् । सम्मान कार्यक्रममा आफ्ना मातापिता सहित उपस्थित भएकी विश्वकर्मालाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, प्रशासन प्रमुख रूपा थापा लगायतले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सम्मान लिदै क्रिकेटर विश्वकर्माले आफूलाई थप उत्साह र हौसला प्राप्त भएको जनाउदै विश्वकपमा नेपाली महिला टिमले राम्रो प्रदर्शन गर्ने बताइन् । सम्मान गर्दै गाउँपालिका अध्यक्ष यादवले विश्वकर्माले क्रिकेटको माध्यमबाट गाउँपालिकाको नाम पनि चम्काएको बताउदै विश्वकप क्रिकेटमा छनौट गराउन सफल आफ्नै गाउँको चेलिलाई सम्मान गर्न पाउदा खुसी लागेको बताए ।

अध्यक्ष यादवले खेलकुदलाई अघि बढाउन साग सहयोग सदैव रहने भन्दै क्रिकेट खेल अघि बढाउन मद्दत गर्ने तृष्णाको बुवा, आमालाई समेत बधाई दिए । गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आफ्नै गाउँमा राष्ट्रिय स्तरको क्रिकेट खेलाडी रहेको र अहिले उनलाई सम्मान गर्न पाउदा हर्षित भएको जनाइन् ।

चौधरीले तालिम र अवसर पाए महिलाहरूले पनि राम्रो प्रदर्शन गर्न सक्छन् भन्ने उदाहरण तृष्णा भएको बताउँदै खेलक्षेत्रलाई गाउँपालिकाले प्राथमिकतामा राखेको जनाइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले क्रिकेटले गाउँपालिकालाई चिनाएको भन्दै खेल क्षेत्रलाई अघि बढाउन गाउपालिका प्रतिबद्ध रहेको बताए ।

क्षेत्रीले सम्मानित खेलाडीको हौसलाकै लागी सानै रुपमा भए पनि सहयोग गरेको जनाउदै भविष्यमा के कसरी सहयोग गर्न सकिन्छ, तयार रहेको बताए । तृष्णाका पिता चन्द्र भान विश्वकर्माले छोरीले मेहनत गरे अनुसारको प्रतिफल प्राप्त गरेको बताए ।

सम्मान समारोहको सञ्चालन प्रशासन प्रमुख रुपा थापाले तथा स्वागत योजना शाखा प्रमुख सरस्वती घिमिरेले गरेका थिए । तृष्णा ओमसतिया गाउँपालिका वडा नम्बर १ ,नयागाउँकी स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय