LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

नेकपा एमाले कञ्चन गाउँ कमिटि, रुपन्देहीको गाउँ अधिबेशन शुरु भएको छ। हिजो शुक्रवार शुरु भएको अधिबेशनको उद्घाटन नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा नेकपा एमाले रुपन्देही इन्चार्ज लिला गिरीले गर्नु भयो।

अधिबेशनमा नेकपा एमालेका क्रियाशिल सदस्य, जनवर्गिय तथा भातृ संगठनका पदाधिकारी, शुभेच्छुक लगायतको सहभागिता रहेको थियो। अधिबेशनको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा नेकपा एमाले रुपन्देही इन्चार्ज लिला गिरीले पार्टीलाई गाउका हरेक टोल र कण्डराहरुमा एक ढिक्का बनाएर लैजानु पार्टीका हरेक सदस्यहरुको जिम्मेवारी भएको उल्लेख गर्नु भयो।

जनताको काम गर्नुको बिकल्प नभएको भन्दै प्रमुख अतिथि गिरीले नेकपा एमालेलाई बिकास र निकासको पार्टीको रुपमा जनता बिच परिचित गराउनु आवस्यक रहेको बिचार ब्यक्त गर्नु भयो। लुम्बिनी प्रदेशका पुर्व मुख्य मन्त्री समेत रहनु भएका नेता गिरीले जनताको भावना र बिचारहरुको सही समयमा मुल्यांकन र बिश्लेषण गर्न नसके नेकपा एमालेलाई जनताको पार्टी बनाउन सम्भव नहुने भन्दै नेकपा एमालेको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस भएपनि २०८४को मुख्य प्रतिस्पर्धी को हुन्छ भन्ने कुनै निश्चित नभएको बिचार ब्यक्त गर्नु भयो।

यसैगरी नेकपा एमालेका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री भूमिश्वर ढकालले नेकपा एमालेका सबै नेता कार्यकर्ताहरुलाई एक भएर उभ्याउन नसकेकै कारण गएको स्थानीय तहको निर्वाचनमा हार्नु परेको स्मरण गर्नु भयो। अव बिगतका हरेक गल्ती र कमजोरीहरुलाई सुधार गरेर पार्टी भित्रको एकतालाई बलियो बनाउदै लैजानुको बिकल्प नभएको उल्लेख गर्दै मन्त्री ढकालले आगामी २०८४ को चुनावलाई नेकपा एमालेमय बनाउन पार्टीको बिभिन्न तहमा रहेका सबै नेता कार्यकर्ताहरुको भुमिकालाई सक्रिय बनाउनु पर्ने बिचार ब्यक्त गर्नु भयो।

यस्तै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य तथा प्रतिनीधि सभा सदस्य बासुदेव घिमिरेले आफुले आफ्नो क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर बिकास योजना बनाउदै आइरहेको उल्लेख गर्दै सामाजिक सञ्जाल हेरेर धारणा नबनाउन आग्रह गर्नु भयो। आफु निर्वाचित भएर आफ्नो क्षेत्रमा परिचालित हुन नसकेकोमा दुःख व्यक्त गर्दै आफ्नो क्षेत्रवासीको बिकासको लागि सदैव प्रतिवद्ध रहदै आएको सांसद घिमिरेले उल्लेख गर्नु भयो।

यसैगरी नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य भरतमणी सापकोटाले नेकपा एमालेलाई कस्तो बनाउने भन्ने सम्पुर्ण अधिकार पार्टी कार्यकता र नेताहरुको भएको बिचार ब्यक्त गर्नु भयो।

नेकपा एमालेले अव के गर्ने र जनताका बिचमा कसरी जाने भन्ने जिम्मेवारी पार्टीका हरेक सदस्य, नेता र कार्यकर्ताहरुको जिम्मेवारी भएको उल्लेख गर्दै पदमा बसेर आत्म सन्तुष्टी होइन जिम्मेवारी बहन गर्न आवस्यक रहेको र पार्टीको तर्फबाट बिभिन्न तहका चुनवाहरु जितेर जनप्रतिनीधि भएका जनप्रतिनीधिहरुलाई कहिले कहाँ र कसरी जनताका बिचमा ल्याउने भन्ने योजना बनाउने पनि तपाई हामी नै भएको बिचार ब्यक्त गर्नु भयो।

नेपका एमाले कञ्चन गाउँकमिटिका अध्यक्ष दिनानाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे, नेकपा एमाले जिल्ला सदस्य गोकर्ण बहादुर क्षेत्री, नेकपा एमाले गैडहवा गाउँ कमिटि अध्यक्ष भूवन बहादुर राना लगायतले पार्टी भित्रको एकतालाई अविचल्लित बनाउदै सबैले आ आफ्नो पदीय जिम्मेवारी अनुरुप पार्टीलाई एक ढिक्का भएर अगाडी बढ्नुको बिकल्प नहेको र अरुलाई धारे हात लगाएर आफुमात्र निस्कलंक छु भनेर प्रमाणित गर्न खोज्नु जतिको घातक केही हुन नसक्ने बिचार वक्ताहरुले उल्लेख गरेका थिए।

अधिबेशनले आगामी ५ बर्षका लागि ४१ सदस्यिय नयाँ गाउँ कार्य समितिको छनौट गर्नेछ। अधिबेशनका लागि नेकपा एमाले जिल्ला सचिव चित्र बहादुर कार्की, जिल्ला सचिवलय सदस्य भतमणी सापकोटा, जिल्ला सदस्य हिमा बेलवासे, गोकर्ण बहादुर क्षेत्री, कृष्ण घिमिरे र खडग बहादुर क्षेत्री सदस्य रहेको सात सदस्यिय अध्यक्ष मण्डलले नेकपा एमाले कञ्चन गाउँ कार्य समितिको निर्वाचन गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय