LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल ।

पश्चिम क्षेत्रको आर्थिक तथा व्यापारिक केन्द्र हो, बुटवल । यही बुटवल सहरमा वर्षैभरि मेला महोत्सव गर्न भन्दै करिब एक अर्ब लगानीमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण थालिएको थियो । तर, २०७६ सालमा सुरु भएको प्रदर्शनी केन्द्रको म्याद सकिँदा पनि निर्माण भने सकिएको छैन ।

पश्चिम क्षेत्रको प्रमुख सहर बुटवलमा नियमीत व्यापारिक मेला र प्रदर्शनी गरी आर्थिक गतिविधी बढाउन भन्दै यो प्रद्धर्शनी केन्द्र बनाइएको हो । बुटवलको बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र ६ दशमलव ४ बिगाह क्षेत्रफलमा फैलिएको छ । करबाहेक एक अर्ब दुई करोडको लागतमा सहरी विकास मन्त्रालयले देशकै ठूलो र नवीन प्रविधिमा प्रदर्शनी केन्द्र निर्माण गरेको हो ।

बाहिरबाट हेर्दा तीन वटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रमा आवश्यकता अनुसार अलग(अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । प्रदर्शनीका बाहिरी संरचना सकिए पनि भित्री संरचना र फिनिसिङका काम भने बाँकी छन् । गत असोजमा निर्माणको म्याद सकिए पनि निर्माण कम्पनीले काम भने गरिरहेको छ ।

प्रदर्शनी केन्द्रको भवन आवश्यकता अनुसार अलग(अलग गर्न मिल्ने गरी डिजाइन गरिएको छ । जहाँ एकैपटक १० हजार जनाले अवलोकन गर्न सक्ने छन् । १२ हजार स्क्वायर मिटरमा निर्माण भएको ठूलो प्रदर्शनी हलमा चार स्क्वायर मिटरका साढे तीन सय स्टल सहभागी हुन सक्ने छन् ।

प्रदर्शनी केन्द्रमा एउटा साढे तीन सय स्क्वायर मिटर र अर्को साढे दुई सय मिटर स्क्वायर मिटरका बैठक हल छन् । सबै निर्माण सकिँदा झन्डै साढे ८ सय स्टल सहभागी हुन सक्ने छन् । प्रदर्शनी केन्द्रको निर्माणले उत्साहित बुटवलका व्यवसायीहरुले जतिसक्दो छिटो निर्माण सकेर उपयोगमा ल्याउन माग गरेका छन् ।

‍बुटवलमा विसं २०४५ देखि बर्सेनि औद्योगिक प्रदर्शनी तथा व्यापारिक मेला गर्ने गरिएको छ । स्थायी प्रदर्शनी केन्द्र निर्माणले बर्सेनि अस्थायी केन्द्र निर्माणमा हुने खर्च घट्ने छ भने उद्योगी व्यवसायीहरुलाई वर्षभरी व्यापारिक मेला तथा प्रदर्शनी लगायतका आर्थिक गतिविधि गर्न सहज हुने छ ।

प्रदर्शनी केन्द्र निर्माणकै चरणबाट यही भवनमा ३ वर्ष यता औद्योगिक प्रदर्शनी भइरहेको छ । यस वर्ष पनि पुस ३ देखि बुटवल उद्योग संघले औद्योगिक व्यापार मेला आयोजना गर्दैछ।

कोभिड र आर्थिक मन्दीले बुटवलको व्यवसाय र आर्थिक कारोबार घटेको छ । केही समययता लुम्बिनी प्रदेशको राजधानी दाङ सरेपछि प्रशाशनीक र व्यवसायिक गतिविधिलाई साँघुरो बनाएको छ ।

यस्तोमा प्रदर्शनी केन्द्रमा नियमित व्यापारिक गतिविधि गरेर व्यवसाय चलायमान बनाउन र बुटवललाई लयमा फर्काउन केही सहयोग हुने स्थानीय व्यवसायीहरु बताउछन् । यसर्थ प्रदर्शनी केन्द्रका बाँकी काम छिटो सकेर प्रयोगमा ल्याउन सरकारले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय