LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तिहारमा देउसी भैलो खेलेको पैसाले विभिन्न युवा क्लबहरु यतिबेला घुमघाममा एवं विभित्र क्षेत्रको भ्रमणमा व्यस्त रहेको बेला रुपन्देहीको सैनामैनामा रहेको राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ ले भने देउसी भैलो खेलेर उठेको रकम सामाजिक सेवामा खर्चिएको छ ।

शनिबार एक कार्यक्रमका बिच युवा क्लबले अभियान नेपाल बाल गृह सैनामैना १ वनकट्टीमा खाद्यान्न, स्टेसनरी, लत्ताकपडा एवं खेलकुद सामाग्री प्रदान गरेको हो ।

समाजमा रहेका अनाथ बालबालिकाहरुको लागि केही गरौं भन्ने उदेश्यले देउसी भैलोबाट उठेको पैसाले सहयोग गर्न पाउँदा आफूहरु निकै हर्षित रहेको क्लबका सदस्यहरुले बताएका छन् ।

त्यस्तै अभियान नेपाल बाल गृहका सञ्चालक मना शाहीले युवा क्लबले गरेको सहयोगबाट अनाथ बालबालिकालाई थप राहत प्रदान भएको उल्लेख गर्दै क्लबप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रम क्लबका उपाध्यक्ष विधान भण्डारीको अध्यक्षता, कार्यवाहक सचिव दिपेन्द्र रिजालको सञ्चालनमा सम्पन्न भएको क्लबका सदस्य विष्णु ढकालले बताउनुभयो । राष्ट्रिय युवा क्लब सैनामैना ४ स्थापना कालदेखि नै विभिन्न सामाजिक सेवामा क्रियाशील रहदैं आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय