LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

तिहारमा देउसी भैलो खेलेको पैसाले विभिन्न युवा क्लबहरु यतिबेला घुमघाममा एवं विभित्र क्षेत्रको भ्रमणमा व्यस्त रहेको बेला रुपन्देहीको सैनामैनामा रहेको राष्ट्रिय युवा क्लब सैनामैना वडा नं ४ ले भने देउसी भैलो खेलेर उठेको रकम सामाजिक सेवामा खर्चिएको छ ।

शनिबार एक कार्यक्रमका बिच युवा क्लबले अभियान नेपाल बाल गृह सैनामैना १ वनकट्टीमा खाद्यान्न, स्टेसनरी, लत्ताकपडा एवं खेलकुद सामाग्री प्रदान गरेको हो ।

समाजमा रहेका अनाथ बालबालिकाहरुको लागि केही गरौं भन्ने उदेश्यले देउसी भैलोबाट उठेको पैसाले सहयोग गर्न पाउँदा आफूहरु निकै हर्षित रहेको क्लबका सदस्यहरुले बताएका छन् ।

त्यस्तै अभियान नेपाल बाल गृहका सञ्चालक मना शाहीले युवा क्लबले गरेको सहयोगबाट अनाथ बालबालिकालाई थप राहत प्रदान भएको उल्लेख गर्दै क्लबप्रति कृतज्ञता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रम क्लबका उपाध्यक्ष विधान भण्डारीको अध्यक्षता, कार्यवाहक सचिव दिपेन्द्र रिजालको सञ्चालनमा सम्पन्न भएको क्लबका सदस्य विष्णु ढकालले बताउनुभयो । राष्ट्रिय युवा क्लब सैनामैना ४ स्थापना कालदेखि नै विभिन्न सामाजिक सेवामा क्रियाशील रहदैं आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय