LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

स्टार स्पोर्टस क्लब सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
मंसिर १५ देखि १२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत जिल्लाका टिमले सहभागिता जनाउने भएका छन ।

प्रतियोगिताको संरक्षकमा सैनामैना नगरपालिका रहेको छ भने र सैनामैना नगरपालिका वडा नं. ७ र रुपन्देही त्रिकेट संघ रुपन्देही सहयोगी भूमिकामा रहेको छ ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा खेल प्रतियोगिताका संयोजक कृष्ण ज्ञवालीले सैनामैना ७ को लम्टैयाको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा तीन बर्षपछि क्रिकेट प्रतियोगिता हुन लागेको बताउनुभयो । उहाँले जिल्लास्तरीय क्रिकेट प्रतियोगिता भएकोले प्रतियोगितामा रुपन्देही लगायतका जिल्लाबाट १२ देखि १५ टिम सहभागी हुने जानकारी दिनुभयो ।

प्रतियोगिताका आयोजक स्टार स्पोर्टस क्लबका अध्यक्ष खिमराज पोखरेलले खेल र खेलाडीलाई उर्जा प्रदान गर्न पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकार, खेलाडी र आयोजकबीच नङ र मासुको सम्बन्ध भयो भने खेल सफल हुने बताउनुभयो । उहाँले यो खेल प्रतियोगितालाई जसरी हुन्छ सफल बनाउन सवैको साथ र सहयोगको अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५, दोश्रो पुरस्कार २५ हजार ५ सय २५, म्यानअफ दि म्याचलाई प्रत्येक खेलमा ५ सय नगद, म्यान अफ दि सिरिजलाई तीनहजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई दुई हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय