LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुनसरी – भारतमा उत्पादित तरकारी नेपाली बजारमा आउने र सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । स्वदेशमा हुने तरकारीको उत्पादनमा लागत धेरै लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा केही महँगो पर्ने गर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तो हुने गरेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले ५० हजार रुपैयाँ लागतमा तरकारीखेती गर्नुभएको छ । तीन कठ्ठामा उहाँको बन्दागोभी छ । तर उचित मूल्य पाउन भने समस्या भएको उहाँको गुनासो छ । काम गर्ने मजदुर, मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको उहाँ बताउनुहुन्छ । अहिले भारतबाट आउने बन्दागोभी प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

नेपाली किसानले यो मूल्यमा बिक्री गर्दा लगानी उठाउन धौ–धौ पर्ने अर्का स्थानीय किसान चन्दन मेहताले बताउनुभयो । भारतबाट सस्तो मूल्यमा बन्दागोभी, आलु, प्याज, गोलभेँडा, काउली, बोडी, भण्टा र सागपात बजारमा भित्रिएपछि स्थानीय उत्पादन बिक्री गर्न समस्या भएको किसानले बताएका छन् ।

उत्पादन गरेको तरकारीले उचित मूल्य नपाउँदा तरकारीखेतीलाई निरन्तरता दिन समस्या भएको किसान बताउँछन् । भारतबाट आउने तरकारीमा कडाइ गर्न तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न पालिका र जिम्मेवार निकायसँग किसानको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय