LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल ।

रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा बिरामीलाई म्याद गुज्रीएको औषधी प्रयोग गरेको पाइएको छ । अस्पतालमा उपचार गराउन आएका बिरामीलाई म्याद गुज्रीएको ‘सलाइन पानी’ चढाइएको पाइएको उनका आफन्तहरुले जनाएका छन् ।

 

गत सोमबारदेखि अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका–५ का ५५ वर्षीय शुसिल सिंघललाई म्याद गुज्रीएको औषधी दिइएको उनका भाई मनोजकुमार अग्रवालले  जानकारी दिए ।

नोभेम्बर २०२२ मा उत्पादन भएको उक्त औषधीको म्याद अक्टोबर २०२४ मा समाप्त हुने स्पष्ट उल्लेख गरिएको भए पनि अस्पताल फार्मेसीले विक्री गरिराखेको बिरामीका आफन्तले गुनासो गरे ।

बिरामीको स्वास्थ्यमा हालसम्म कुनै सुधार नहुनु र म्याद गुज्रीएको औषधी प्रयोग गरेको भेटिनुले उपचारमा गम्भिर लापरवाही भएको आफन्तको आरोप छ । शनिबार साँझ निमोनिया पीडित सिंघललाई चढाइएको सलाइन म्याद गुज्रीएको पाइएपछि आफन्तहरुले आइतार अस्पताल प्रशासनमा पुगेर प्रश्न उठाएका छन् ।

 

यस विषयमा जानकारी लिनका लागि अस्पतालका प्रशासनका मनमोहन भट्टराई तथा जनसम्पर्क प्रमुख चन्द्रकान्त बस्याललाई पटक–पटक फोन सम्पर्क गरे पनि उनीहरुको फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय