LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाण्डौको सिनामङ्गलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

सिनामङ्गलको जन्मभूमि होटलको बरन्डाको रेलिङमा पासो लगाएको अवस्थामा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिनुभएको छ ।

उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट नेपाल आएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट माझी दम्पतीले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू हिजो बेलुका पौने ७ बजे होटलमा पुगेका थिए ।

आज बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाण्डौ उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय