LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

मङ्सिर १० गते । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत नौ–किलोमा आइतबार राती ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नं को ट्रक आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर। ६ का ३१ वर्षीय दीपक दाहाल र मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष ३८ को श्याम बजगाईँ रहेका आफन्तलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा सवार दुई जना घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ । मकवानपुर मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष २७ को सुसन बि क र ट्रकका सहचालक रामेछाप घर बताउने वर्ष २१ को मानबहादुर वि क घाइते छन् । मानबहादुरको दाहिने खुट्टा फ्याक्चर भएको र टाउकोमा चोट लागेकाले एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै मकवानपुर हेटौडा उप महानगर पालिका वडा नम्बर १८ बस्ने वर्ष अं ६० को दलबहादुर ।कोइरालाको शरीरको विभिन्न भागमा चोट लागेकाले अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुर मकवानपुरगढी गाउँ पालिका वडा नम्बर ६ बस्ने वर्ष २८ को दिनेश पुडासैनी अहिले प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय