LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

तौलिहवा, मङ्सिर १० गते । कपिलवस्तुमा पाटेबाघको छाला अखेटोपहार सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीका अनुसार शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा भट्टराईलाई पक्राउ गरिएको हो ।

सादा पोशाकमा खटेका प्रहरी टोली करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडि बिहार बरण्डामा शङ्कास्पद अवस्थामा उभिएका रुपन्देही बुटवल उप महानगरपालिका ५ गोलपार्क बस्ने ४१ वर्षीया विष्णुप्रसाद भट्टराई पक्राउ परेका हुन् ।

खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जङ्गली जनावर पाटे बाघको छाला बोराभित्र भेटिएको प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो ।

उक्त छाला टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाइ भएको, पुच्छरको भाग २ फिट २ इन्च लम्बाइ भएको चार वटा दाह्रा, चारै खुट्टाको पञ्जाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको प्रहरीले जनाएको छ । बरामद वन्यजन्तुको छाला, लु ५८ प ९७५५ नम्वरको मोटरसाइकलसहित भट्टराईलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय