LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताएका छन् ।

सोमवार काठमाडौंमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताए ।

उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकूल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे । उनले राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने बताए ।

उनले नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उल्लेख गरे ।

उनले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको पनि बताए ।

उनले नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको बताए । उनले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको बताए ।

उनले मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको बताए । उनले राज्यसँग भिजन भएको नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने बताए । उनले नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताए । उनले पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाज्यो भनिएको बताए । उनले लोकतन्त्रमा एक वा दुई दलिय नहुने बताए । उनले लोकतन्त्रमा जसले पनि विकल्प दिनसक्ने बताए । उनले देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिड्न तयार हुनु पर्ने बताए ।

सरकार परिवर्तनसँगै कार्यक्रम र योजनाहरुमा बजेट नपर्ने, नयाँ आयोजनाहरु थग्ने र बजेट अभाव हुने गरेका छन् । नयाँ सरकार आउने वित्तिकै पुराना ठेक्का लागेका आयोजनाहरु कम बजेट दिने र नयाँ आयोजनामा छुट्याउने फेरि अर्को नयाँ सरकार आउने फेरि त्यस्तै गर्ने सिलिसिला राजनीतिक अस्थिरताको कारण भएको हो’, उनले भने, ‘जति सरकार परिवर्तन भएपनि धन्दा त्यही छ । नीतिगत स्थायित्वको आधार भनेको राजनीतिक स्थायित्वबाट हुन्छ । साना पार्टीका साथीहरुले चिन्ता गर्नु परेन । मन मिलेको पार्टीसँग मिल्दा हुन्छ ।’

उनले राजनीतिक दल,राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गरे । उनले बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय