LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

प्युठान

। नेकपा एमाले प्युठानले जिल्लाका पालिकाहरूको अधिवेशन गर्न थालेको छ । जिल्लामा रहेका नौ वटा पालिकामध्ये आठ वटा पालिकाको अधिवेशन अघि बढाएको हो ।

पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि मङ्सिर ८ गतेदेखि १५ गतेसम्म पालिका अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनेको नेकपा ९एमाले० प्युठानका उपसचिव तथा प्रचार विभाग प्रमुख इश्वरा आचार्यले बताउनुभयो । उहाँले सम्बन्धित पालिकाको सबै वडा अधिवेशन सकेर पालिका अधिवेशन भइरहेका छन् ।

झिमरुक गाउँपालिकाको अधिवेशन सम्पन्न भइसकेको र आज सरुमारानी गाउँपालिकाको अधिवेशन हुँदै गरेको प्रचार विभाग प्रमुख आचार्यले बताउनुभयो। सङ्घीय संरचनापछि बनेका वडा तथा पालिकाको यो दोस्रो अधिवेशन हो । पार्टी एकता÷विभाजन लगायतका कारण समयमै वडा तथा पालिका अधिवेशन हुन नसकेको एमाले प्युठानले जनाएको छ ।

अधिवेशनका क्रममा ज्येष्ठ कम्युनिष्ट नागरिकलाई सम्मान गर्ने, पार्टी प्रवेश लगायतका कार्यक्रम तय गरिएको छ । अधिवेशनहरूमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापा खटिनुभएको छ । प्रतिनिधि सभा सदस्य समेत रहनुभएका थापा सबै पालिका अधिवेशनमा सहभागी हुने एमाले प्युठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय