LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ ।

डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै गोलपार्कले जित निकाल्न सफल भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ३९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो ।

उसका लागि रिदम भट्टराईले २२ र विपिन भट्टराईले अविजित १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । शंकरनगरले अतिरिक्त ४२ रन पायो ।

बलिङमा गोलपार्कका प्रदीप भण्डारीले ८ ओभर ५ बलमा १ मेर्डनसहित २० रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रशान्त जिसीले ३ तथा शिवकुमार मौर्य र युवराज सुवेदीले १–१ विकेट लिए ।

१ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको गोलपार्कले २० ओभर १ बलमा ६ विकेट गुमाएर १ सय १७ रन बनाउँदै सहजै जित निकाल्यो ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय