LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा गोलपार्क क्रिकेट क्लब विजयी भएको छ ।

डिभिजन ‘बी’ अन्तर्गत सोमबारको खेलमा शंकरनगर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै गोलपार्कले जित निकाल्न सफल भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले निर्धारित ५० ओभरको खेलमा ३९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय १३ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो ।

उसका लागि रिदम भट्टराईले २२ र विपिन भट्टराईले अविजित १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । शंकरनगरले अतिरिक्त ४२ रन पायो ।

बलिङमा गोलपार्कका प्रदीप भण्डारीले ८ ओभर ५ बलमा १ मेर्डनसहित २० रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रशान्त जिसीले ३ तथा शिवकुमार मौर्य र युवराज सुवेदीले १–१ विकेट लिए ।

१ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको गोलपार्कले २० ओभर १ बलमा ६ विकेट गुमाएर १ सय १७ रन बनाउँदै सहजै जित निकाल्यो ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सुपरलिगमा रुपन्देहीका ‘ए’ डिभिजनका ८ र ‘बी’ डिभिजनका १२ गरी २० टिम सहभागी छन् । यसपटक नेपाल सुपरलिगका कारण दुईचरणमा सुपरलिग हुनेछ । पहिलो चरणमा मंसिर १२ गतेसम्म ‘बी’ डिभिजनका खेलहरु हुनेछन् भने ‘ए’ डिभिजनका खेलहरु नेपाल सुपरलिग पछि आयोजना हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय