LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयो ।

यो परियोजना लुम्बिनी सहित पाँचवटा प्रदेशमा लागु हुने छ । किसान व्यवस्थित सिँचाई प्रणाली मार्फत कृषिको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायू उत्थानशीलतामा सुधार गर्ने, सिंचाईको आधुनिकीकरण र एकिकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ ।

किसान व्यवस्थित सिंचाई प्रणाली मार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा बृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पास्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं. १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिंचाई उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय