LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

तिलोत्तमा ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेले रुपन्देही लाई तस्करी रहित जिल्ला बनाउने अटोठका साथ काम गरिरहेको बताएका छन । जिल्लाका राजनीतिक दल, निजी क्षेत्र र सामाजिक संघ संस्थाको साथ र सहयोग मिले रुपन्देहीलाइ तस्करी मुक्त बनाउन सम्भव रहेको उनले बताए ।

तिलोत्तमा उद्योग वाणिज्य संघले प्रजिअको सम्मानमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले यसका लागि आफुले शुन्य सहनसिलताको नीति अवलम्वन गर्ने बताए ।

आफ्नो कार्यकालमा ब्यापारिक र ब्यवसायिक क्षेत्रमा धमिलोपन आउन नदिने प्रतिबद्दता जनाउदै उनले पेशागत मर्यादा भित्र रहेर प्शा ब्यवसाय ढुक्कसँग सन्चालन गर्न आग्रह गरे ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले प्रमुख जिल्ला अधिकारीको अभियानमा सबैको साथ र सहयोग रहने बिश्वास दिलाए । उनले अन्तर्राष्ट्रिय उडान सङ्गै यस क्षेत्रका होटेल रेष्टुरेन्ट रातभर सन्चालन हुनु पर्ने भन्दै प्रहरी प्रशासनलाई भरपर्दो शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरे ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले तिलोत्तमामा निजी क्षेत्रको अग्रणी सस्था यस संघले यश क्षेत्रका उद्योगी ब्यवसायीलाइ संगठित गर्दै पेशागत हकहितका लागि काम गर्दै आएको बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी, सल्लाहकार चन्द्रमान श्रेष्ठ, महासचिव राजकुमार पान्डेलगायतले ढुक्कसँग पेशा ब्यवसाय गर्ने वातावरण निर्माणका लागि पहल गरिदिन आग्रह गरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय