LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सुजन न्यौपाने अर्घाखाची । लायन्स क्लब अफ् नेपाल टुरिजम ले मनकामना आधारभूत बिध्यालय सिद्धलेक-५ धादिंगमा पोसाक वितरण गरेको छ ।

मङ्सिर ९ गते गरिएको वितरण कार्यक्रममा ९८ जना बालबालिकाको लागि निस्शुल्क पोसाक वितरण गरिएको हो  कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस का डिस्ट्रिक्ट चिफ लक्ष्मण अर्याल को संयोजन मा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घले ले लायन्स क्लब अफ् नेपाल टुरिजमले प्रशंसनीय काम गरेको बताउनु भएको थियो भने बिद्यालय का प्रधानध्यापक ध्रुव प्रसाद सिलवालले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एस नेपालका डिस्ट्रिक एक्जुकेटिभ चिफ अन्जन थापा  कुमार को पहलमा उक्त कार्यक्रम भएको थियो  आर्थिक अभावका कारण सो विद्यालयका अध्यायनरत विद्यार्थीहरुलाई पोसाक खरिद गर्न समस्या भएको भन्ने जानकारीमा आएपछि आफ्नो कार्यकालको कार्यक्रमका रुपमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिएको क्लब प्रेसिडेन्ट किरण पाण्डे ले साझा टेलिभिजन का रिपोटर सुजन न्यौपाने संग कुराकानी को क्रममा बताउनु भयो ।

बिधार्थी हरु को उज्वल भविष्य को कामना गर्दै न्यानो पोशाकले बिधार्थी भाइ बहिनिहरु लाइ जाडो बाट जोगाउने र विधार्थीहरु को आत्मबल बलियो भै सैक्षिक नतिजा राम्रो आउने आशा ब्यक्त गर्नु भएको थियो । लायन्स क्लब अफ् नेपाल टुरिजम आयोजक रहेको कार्यक्रम मा लायन्स क्लब अफ् सिद्देश्वरले सहयोग गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय