LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुजन न्यौपाने अर्घाखाची । लायन्स क्लब अफ् नेपाल टुरिजम ले मनकामना आधारभूत बिध्यालय सिद्धलेक-५ धादिंगमा पोसाक वितरण गरेको छ ।

मङ्सिर ९ गते गरिएको वितरण कार्यक्रममा ९८ जना बालबालिकाको लागि निस्शुल्क पोसाक वितरण गरिएको हो  कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस का डिस्ट्रिक्ट चिफ लक्ष्मण अर्याल को संयोजन मा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर घले ले लायन्स क्लब अफ् नेपाल टुरिजमले प्रशंसनीय काम गरेको बताउनु भएको थियो भने बिद्यालय का प्रधानध्यापक ध्रुव प्रसाद सिलवालले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ एस नेपालका डिस्ट्रिक एक्जुकेटिभ चिफ अन्जन थापा  कुमार को पहलमा उक्त कार्यक्रम भएको थियो  आर्थिक अभावका कारण सो विद्यालयका अध्यायनरत विद्यार्थीहरुलाई पोसाक खरिद गर्न समस्या भएको भन्ने जानकारीमा आएपछि आफ्नो कार्यकालको कार्यक्रमका रुपमा समस्यामा परेका विद्यार्थीलाई सहयोग गरिएको क्लब प्रेसिडेन्ट किरण पाण्डे ले साझा टेलिभिजन का रिपोटर सुजन न्यौपाने संग कुराकानी को क्रममा बताउनु भयो ।

बिधार्थी हरु को उज्वल भविष्य को कामना गर्दै न्यानो पोशाकले बिधार्थी भाइ बहिनिहरु लाइ जाडो बाट जोगाउने र विधार्थीहरु को आत्मबल बलियो भै सैक्षिक नतिजा राम्रो आउने आशा ब्यक्त गर्नु भएको थियो । लायन्स क्लब अफ् नेपाल टुरिजम आयोजक रहेको कार्यक्रम मा लायन्स क्लब अफ् सिद्देश्वरले सहयोग गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय