LIVE
पेट्रोल ट्याङ्कर दुर्घटना, आगलागीबाट पूर्ण क्षति | कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

विराटनगरमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै कांग्रेस-एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने बताएका हुन् ।

 

दुई दलबीच मिलेसम्मको साझा धारणा बनाएपछि संविधान निर्माणमा संलग्न भएका माओवादी, मधेशवादी सबै दलहरूसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने उनले बताए ।

‘हामीले आ-आफ्नो दलभित्र गृहकार्यहरु गर्‍यौं । अब दुइवटा दलको बीचमा मिलेसम्मको साझा धारणा बनाउँछौं । त्यसपछि अन्य दलहरुसँग छलफल प्रारम्भ गर्छौं,’ उनले भने, ‘यसलाई सडकको छलफलको विषय बनाउनुभन्दा पहिला संविधान निर्माण गर्ने बेलामा सँगै रहेका दलहरू माओवादी, मधेश केन्द्रित दललगायत सबैसँग एउटा सौहार्दपूर्ण वातावरणमा पहिले छलफल गरौं । एउटा समझदारी बनाऊ ।’

 

उनले संविधान संशोधनको विषयलाई पक्षविपक्षभन्दा पनि संविधानको कार्यान्वयनको अनुभवबाट सिकेका कुराहरु, जसले संविधानलाई अझै कार्यान्वयन गर्ने सन्दर्भमा सकारात्मक हुन मद्दत पुर्‍याउँछ त्यसकै आधारमा प्रवेश गर्नुपर्ने बताए ।

थापाका अनुसार आजै साँझ कांग्रेस-एमालेबीच भएको सात बुँदे सम्झौता कार्यान्वयनका गठित संयन्त्रको बैठक बस्दैछ ।

संयन्त्रको आजको बैठकमा संविधान संशोधनको साझा धारणा बनाउने विषयमा छलफल हुने बताए । ‘संयन्त्रको आजको बैठकमा एउटा एजेन्डा संविधान संशोधनको पनि छ । संविधान संशोधनको विषयमा दुईवटा दलहरुको प्रारम्भमा साझा धारणा बनाउने भन्ने पनि छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय