LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

विराटनगरमा बुधबार पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै कांग्रेस-एमालेले साझा धारणा बनाएर अरु दलसँग पनि छलफल गरे अघि बढ्नुपर्ने बताएका हुन् ।

 

दुई दलबीच मिलेसम्मको साझा धारणा बनाएपछि संविधान निर्माणमा संलग्न भएका माओवादी, मधेशवादी सबै दलहरूसँग सौहार्दपूर्ण वातावरणमा छलफल गर्ने उनले बताए ।

‘हामीले आ-आफ्नो दलभित्र गृहकार्यहरु गर्‍यौं । अब दुइवटा दलको बीचमा मिलेसम्मको साझा धारणा बनाउँछौं । त्यसपछि अन्य दलहरुसँग छलफल प्रारम्भ गर्छौं,’ उनले भने, ‘यसलाई सडकको छलफलको विषय बनाउनुभन्दा पहिला संविधान निर्माण गर्ने बेलामा सँगै रहेका दलहरू माओवादी, मधेश केन्द्रित दललगायत सबैसँग एउटा सौहार्दपूर्ण वातावरणमा पहिले छलफल गरौं । एउटा समझदारी बनाऊ ।’

 

उनले संविधान संशोधनको विषयलाई पक्षविपक्षभन्दा पनि संविधानको कार्यान्वयनको अनुभवबाट सिकेका कुराहरु, जसले संविधानलाई अझै कार्यान्वयन गर्ने सन्दर्भमा सकारात्मक हुन मद्दत पुर्‍याउँछ त्यसकै आधारमा प्रवेश गर्नुपर्ने बताए ।

थापाका अनुसार आजै साँझ कांग्रेस-एमालेबीच भएको सात बुँदे सम्झौता कार्यान्वयनका गठित संयन्त्रको बैठक बस्दैछ ।

संयन्त्रको आजको बैठकमा संविधान संशोधनको साझा धारणा बनाउने विषयमा छलफल हुने बताए । ‘संयन्त्रको आजको बैठकमा एउटा एजेन्डा संविधान संशोधनको पनि छ । संविधान संशोधनको विषयमा दुईवटा दलहरुको प्रारम्भमा साझा धारणा बनाउने भन्ने पनि छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय