LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाण्डौ –

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुलीको लाइन नकाट्ने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने तर तत्काल उद्योगमा बिजुली नकाट्ने निर्णय गरेको हो ।

हिजो विद्युत् नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएपछि आज समितिको बैठक बसेको हो ।

यसअघि प्राधिकरणले ट्रङ्क तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेकोमा सरकारको निर्देशनपछि जोडेको थियो ।

प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेकोमा १५ दिन पुग्नु अघिल्लो दिन नियमन आयोगले हिजो लाइन नकाट्न निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय