सैनामैना सेवा समाज युएईले सैनामैना ५ गढवामा रहेको मलमलादेवी माध्यमिक विद्यालय र सैनामैना ३ पर्सावलमा रहेको जनज्योति आधारभूत विद्यालयमा एकएक लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।
अक्षयकोष स्थापनाको अवसरमा बुधबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैना सेवा समाज युएईले विदेशमा बसेर पनि विगत धेरै बर्षदेखि सामाजिक क्षेत्रमा योगदान पु¥याएको बताउनुभयो ।



उहाँले विद्यालयमा अध्ययन गर्ने गरिव, विपन्न, पिछडिएको बर्ग र सिमान्तकृत बर्गका विद्यार्थीलाई केही भएपनि सहयोग होस भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरेकोमा सैनामैना सेवा समाज युएईले धन्यबाद दिनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले सैनामैना सेवा समाज युएइएले जन्मभूमि नेपालमा मात्र नभै कर्मभूमि दुबईमा समेत नेपालको संस्कृति झल्काउनुका साथै समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएको बताउनुभयो ।
त्यसैगरी कार्यक्रमममा सैनामैना सेवा समाज युएईका अध्यक्ष बिष्णु पन्थीले अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिव, बिपन्न, पिछडिएको, अल्पसंख्यक, अनाथ, असहाय समुदायका विद्यार्थीहरुलाई प्रदान गरिने शैक्षिक सामाग्रीले पठनपाठनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।
मलमला देबी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ५ का वडा अध्यक्ष धनप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक यमबहादुर क्षेत्रीले पनि विद्यालय र शैक्षिक अवस्थाका बिषयमा बोल्नुभएको थियो ।
त्यसैगरी जनज्योति माध्यमिक विद्यालयका अध्यक्ष चित्रबहादुर थापाको अध्यक्षतामा आयोजित अक्षयकोष स्थापना तथा हस्तान्तरण कार्यक्रममा सैनामैना नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष तमबहादुर पुर्जा र प्रधानाध्यापक बुद्धिप्रसाद गौतमले विद्यालयको बिषयमा अवगत गराउनु भएको थियो ।
सैनामैना सेवा समाज युएईएका नेपाल विभाग उपप्रमुख मन्जु थापाले स्वागत गर्नुभएको कार्यक्रममा अक्षयकोष स्थापनाको बिषयबस्तुका बिषयमा सैनामैना सेवा समाज युएइका उपाध्यक्ष महेश्वर घिमिरेले प्रकाश पार्नुभएको थियो । अक्षयकोष स्थापनाको अवसरमा आयोजित कार्यक्रममा सैनामैना सेवा समाज युएईका सदस्य बाबुराम पन्त, झबिन्द्र न्यौपाने र धर्मराज घिमिरेको समेत उपस्थिति रहेको थियो ।





