बुटवल र भैरहवामा हुने ब्यापार मेलामा टिकटक प्रतियोगिता आयोजना गरिने भएको छ । बुटवल उद्योग बाणिज्य संघ र सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन्देहीको आयोजनामा बुटवल र भैरहवामा हुने मेलामा सामाजिक संजाल टिकटकमार्फत् महोत्सवको प्रचारप्रसार गरी बढी भन्दा बढी दर्शकको उपस्थिति गराउन आयोजकले टिकटक प्रतियोगिता आयोजना गरेका हुन् ।
सिद्धार्थनष्र उद्योग बाणिजय संघका सचिव तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक मंगल भण्डारीले मेलाको प्रचारप्रसार हुने गरी टिकटक प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।



टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धीले महोत्सवको प्रचार हुने किसिमको भिडियो बनाई आफ्नो अकाउण्टमा पोष्ट गर्नुपर्ने छ । टिकटक भिडियो पोष्ट गर्दा ‘ह्याचट्याग लुम्बिनी महोत्सव २०८१’ लेखेर पोष्ट गर्नुपर्ने छ ।
प्रचारप्रसार समिति संयोजक भण्डारीका अनुसार प्रतिस्पर्धीले केही नियम भने पालना गर्नुपर्ने छ । उहाँका अनुसार भिडियो लुम्बिनी राष्ट्रिय महोत्सवलाई केन्द्रित गरेर बनाउनुपर्नेछ । यस्तै, टिकटक भिडियो बढीमा दुई मिनेटको हुनुपर्नेछ, भिडियो प्रतिस्पर्धीले एकल वा सामूहिकरुपमा पनि बनाउन सक्नेछन् ।
यसैगरी बुटवलमा हुने मेलामा विविध पक्षहरुको प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगिता गर्न लागिएको संघका सचिव तथा मेला प्रचारप्रसार तथा पूर्वाधार समन्वयकर्ता प्रतिक पोखरेलले बताउनु भयो ।




