LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

गुल्मी

। जिल्ला प्रशासन कार्यालय गुल्मीले मादक पदार्थ वितरण तथा सेवन गर्न रोक लगाएको छ । मङ्सिर १६ गते यस जिल्लाको मुसिकोट नगरपालिका–१ मा हुने उपनिर्वाचनलाई लक्षित गरी मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको हो ।

उपनिर्वाचनलाई स्वच्छ, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आज बिहीबार देखि निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्नमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।

निर्वाचन सुरक्षा ९व्यवस्थापन० निर्देशिका २०७८ को दफा ६ ९थ० बमोजिम उपनिर्वाचन हुने यस वडाभित्र मादक पदार्थ बिक्री–वितरण, ओसारपसार तथा सेवन गर्न नपाइने भएको हो ।

यस अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

यहाँ वडाअध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । वडाअध्यक्ष पदका लागि पाँच राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा, माओवादी केन्द्रबाट दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इश्वरी खाती क्षेत्री उम्मेदवार हुनुहुन्छ ।

त्यस्तै, स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल र कुलबहादुर थापा उम्मेदवार हुनुहुन्छ । २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपछि यहाँ अध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि यस वडामा हालसम्म चार हजार ९१ मतदाता कायम भएका छन् । तीन मतदान स्थल र पाँच मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय