LIVE
बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न | सैनामैनामा पहिलोपटक ‘रैथाने सडक खाना महोत्सव’ आयोजना हुने | लुम्बिनीका विद्युतीय बस अन्य सहर पठाउने तयारी, स्थानीयमा असन्तुष्टि | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक रिहा | कञ्चन गाउँपालिकामा खाना पकाउने ग्याँसको अबस्थाको बारेमा बजार अनुगमन | कञ्चनमा दुइ दिने जीवनशैली तथा तनाव व्यवस्थापनको लागि ध्यान कार्यक्रम सम्पन्न |

कपिलवस्तुको शुद्धोदन गाउँपालिका– मा १ हुने उपनिर्वाचनलाई प्रभावित पार्न खोजेको भन्दै प्रदेश सांसद एवं नेकपा एमाले नेताहरू सवार सरकारी गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् ।

बिहीबार उक्त वडाको पतरियामा लुम्बिनी प्रदेशसभाको विषेशाधिकार समिति सभापति गिरिधारीलाल न्यौपानेले प्रयोग गर्ने बा १२९७ नम्बरको गाडी स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

 

उक्त गाडीमा प्रदेशसभा सदस्य न्यौपाने, एमाले जिल्ला अध्यक्ष बाबुराम खनाल, पूर्व अध्यक्ष झविलाल पोखरेल लगायत नेताहरू सवार थिए । वडाध्यक्षका उम्मेदवार मोहमद ताहिर मुसलमानको पक्षमा मत माग्दै गरेको अवस्थामा नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाएको मानव अधिकारकर्मीसमेत रहेका स्थानीय रबी ठाकुरले बताए ।

सहायक निर्वाचन अधिकृत अमर ओलीले स्थानीयले गाडी नियन्त्रणमा लिएको भन्ने सूचना पाएपछि प्रहरी पठाएको बताए । गाडी नियन्त्रमा लिएपछि माओवादी केन्द्र र जसपाका समर्थकले नाराबाजी गरेका थिए ।

 

आज राति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय