LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

अबको १५ दिनमा बुटवलमा मुख्य चोकहरुमा ट्राफिक लाईट जडान हुने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलका मुख्य चोकहरुमा ट्राफिक लाईट जडानको काम सुरु गरेको हो ।

बुटवल–बेलहिया ६ लेन सडकमा ट्राफिक ब्यवस्थापनको लागि भन्दै बढि भिड हुने चोकहरुमा ट्राफिक लाइट जडानको काम सुरु भएको उमहानगरपालिकाले जानकारी दिएको छ ।

विहिवार बुटवलको कालिका चोकमा ट्राफिक लाइट जडानको लागि शिलान्याश गरिएको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले शिलान्याश गर्दै अबको १५ दिन भित्रमा बुटवलको कालिका चोक, मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाईट जडान हुने बताउनु भएको छ ।

सडक सुरक्षालाई मध्येनजर गर्दै उपमहानगरले छाडा चौपाया नियन्त्रणबाट काम सुरु गरेको बताउँदै उहाँले अहिले बुटवलका मुख्य–मुख्य चोकहरुमा ट्राफिक लाईट जडानको काम सुरु भएको बताउनु भयो ।

शान्ति सुरक्षा कायम राख्नको लागि बुटवलका मुख्य स्थानहरुमा सिसि क्यामेरा जडानको काम सकिएको समेत मेयर पाण्डेयले जानकारी दिनु भयो ।

लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनु भयो ।

 

उपमहानगरपालिकाको बार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिनुभयो ।

ट्राफिक लाइट जडान गर्ने काम सम्पन्न गर्न तीन महिनाको म्याद भए पनि १५ भित्रमा काम सम्पन्न गर्ने निर्माण कम्पनीले आश्वासन दिएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय