LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेलले मुलुकको आर्थिक विकासका लागि सरकारले अनुकूल वातावरण बनाउने विश्वास दिलाउनु भएको छ ।
अर्थमन्त्री पौडेलले उहाँले ज्ञान र प्रविधिलाई उत्पादन र उत्पादकत्व बढाउने र आर्थिक विकासको महत्वपूर्ण अंगको रुपमा प्रयोग गर्न सकियो भने मात्र हाम्रो सम्मृद्ध नेपाल सुखी नेपालको संकल्प पूरा हुन सक्ने बताउनुभयो ।

लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको आयोजनामा शुक्रबारदेखि सुरु भएको चौथो प्रज्ञानम ब्रह्म अन्तर्राष्ट्रिय सम्मेलनको बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उदघाटन गर्दै अर्थमन्त्री पौडेलले बुटवललाई सबल आर्थिक र शैक्षिक केन्द्रको रुपमा बिकास गर्ने बुटवलबासीको आकांक्षा पूरा गर्न सम्मेलन अर्थपूर्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले परिवर्तित विश्व परिवेशमा व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा अनुसन्धान र नवप्रर्तनको महत्व दिनानुदिन बढ्दै गएको बताउनुभयो । अर्थमन्त्रीले ज्ञान देशको आर्थिक बिकाससंग प्रत्यक्ष जोडिएको बताउँदै आज नेपाल विश्वव्यापीकरण, डिजिटलाईजेशन र तीब्र आर्थिक र सामाजिक परिवर्तनको गतिशील समयमा रहेको बताउनुभयो ।

उहाँले बिद्यार्थी विदेशिने प्रवृत्तिले नकारात्मक प्रभाव पार्ने बताउँदै यस्ता अनेकौ खालका समस्याको समाधानका लागि सरकारले नीति निर्माणको तहबाट यी समस्याको समाधानका लागि पहलकदमी लिने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले व्यवस्थापन, अर्थशास्त्र, सामाजिक नवप्रवर्तन र सूचना प्रविधिको विकास बारे नविनतम कुरा थाहा पाउन तजा अनुसन्धानको क्षेत्रमा विश्वव्यापी रुपमा आएका परिवर्तित अवस्था र नविनतम कौशलताको विकास गर्न यस्तो सम्मेलनले टेवा पु¥याउने विश्वास ब्यक्त गर्नुभयो ।

उहाँले गुणस्तरीय उच्च शिक्षा, सीप र सूचना तथा संचार प्रविधिको अनुसन्धान एवं विकास, नविनता अर्थतन्त्रका खम्बा भएको बताउँदै यी क्षेत्रको दिगो विकासका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले यो सम्मेलनले परिवर्तनको नयाँ संभावनाहरुलाई उजागर गरि ज्ञान निर्माण, वितरण र प्रसारणमा नयाँ इटा थप्ने विश्वास ब्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले समाजको हरेक क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको औंल्याउनुभयो । उहाँले नेपालजस्तो देशका लागि यस्ता सम्मेलनहरु अर्थपूर्ण हुन्छन भन्दै उपलब्ध न्यूनतम श्रोत र साधनको माध्यमबाट पनि अधिकतम परिणाम दिन सकिने हुँदा अनुसन्धानबाट संभावनाहरुको खोजी गरि राष्ट्रलाई सम्मृद्धितर्फ डोराउन सकिने सरकारको विश्वास रहेको उल्लेख गर्नुभयो ।

दुई दिने हुने सम्मेलनमा नेपाल तथा विदेशका प्रोफेसरहरुद्वारा ग्लोबल इन्नोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साईन्स बारे जानकारी दिने कार्यक्रम रहेको छ । साथै सम्मेलनमा व्यवस्थापन विषयमा भएका नविनतम खोजको बिषयमा प्राध्यापकहरुले कार्यपत्र पेस गर्ने कार्यक्रम समेत रहेको बताईएको छ । लुम्बिनी बाणिज्य क्याम्पसका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन समारोहमा क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायले सम्मेलनको बिषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय