LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशको आयोजनामा एक्सन फर इन्क्लुसिभ प्रोजेक्ट अन्तरगत अपांगता भएका ब्यक्तिहरुको संघ संस्थाको लागि प्रदेशस्तरीय क्षमता बिकास सम्वन्धि दुई दिने तालिम सैनामैनामा सुरु भएको छ ।

तालिमको उदघाटन शुक्रबार एक समारोहका बीच सैनामैना नगरपालिका वडा नं. १० का वडा अध्यक्ष कृष्णप्रसाद घिमिरेले गर्नुभयो ।
त्यस अवसरमा बोल्दै वडा अध्यक्ष घिमिरेले स्थानीय सरकारले अपांगहरुको क्षेत्रमा सहयोग गर्दै आएपनि त्यो पूर्ण हुन नसकेको बताउँदै आगामी दिनमा सहयोगलाई अझै बृद्धि गर्न सकिने विश्वास दिलाउनु भयो ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपांगहरुको क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा अपांगता भएकाहरुको अधिकारको रक्षाका लागि महासंघले आवाज उठाउँदै आएको बताउनुभयो ।

उहाँले तालिमको उद्देश्यका बिषयमा प्रकाश पार्दै सदस्य संस्थाहरुको क्षमता बिकास गर्ने, अपांगता सम्वन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत व्यवस्थाको बारेमा जानकारी गराउने, सदस्य संस्थाहरु बीचको सिकाई आदानप्रदान गर्ने लगायतका उद्देश्य रहेको बताउनुभयो ।

तालिमको सहजीकरण शिव ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रमको स्वागत व्यवस्थापक धिरेन्द्र बिकले गर्नुभएको थियो भने संचालन लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय