LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बुटवल । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग एनपिएल आजदेखि सुरु हुँदै छ । आगामी पौष ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ८ वटा टोलीहरू बिच प्रतिस्पर्धा हुने छ ।

पहिलो दिन आज मध्यान्न १२ः१५ बजे हुने उद्घाटन खेला विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा जनकपुर बोल्टस्, विराटनगर किंगस्, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एजेन्जर्स्, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

मार्की खेलाडीहरू सन्दीप लामिछाने विराटनगर किंगसका क्याप्टेन रहेका छन् भने करन केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, कुशल भुर्तेल पोखरा एजेन्जर्स्, रोहित पौडेल लुम्बिनी लायन्स, सोमपाल कामी कर्णाली याक्स तथा सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका क्याप्टेन रहेका छन् । जनकपुर बोल्ट्समा आसिफ शेख मार्की प्लेयरका रूपमा रहेतापनि जनकपुर बोल्ट्सले अनिल साहलाई क्याप्टेन चयन गरेको छ ।

लिग चरणका खेलहरू पुस १ गते सम्म सञ्चालन हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल खेल हुनेछ। एनपिएलमा कुल ३२ खेल हुनेछन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय