LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग एनपिएल आजदेखि सुरु हुँदै छ । आगामी पौष ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ८ वटा टोलीहरू बिच प्रतिस्पर्धा हुने छ ।

पहिलो दिन आज मध्यान्न १२ः१५ बजे हुने उद्घाटन खेला विराटनगर किङ्स विरुद्ध जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्ने छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा जनकपुर बोल्टस्, विराटनगर किंगस्, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एजेन्जर्स्, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

मार्की खेलाडीहरू सन्दीप लामिछाने विराटनगर किंगसका क्याप्टेन रहेका छन् भने करन केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, कुशल भुर्तेल पोखरा एजेन्जर्स्, रोहित पौडेल लुम्बिनी लायन्स, सोमपाल कामी कर्णाली याक्स तथा सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सका क्याप्टेन रहेका छन् । जनकपुर बोल्ट्समा आसिफ शेख मार्की प्लेयरका रूपमा रहेतापनि जनकपुर बोल्ट्सले अनिल साहलाई क्याप्टेन चयन गरेको छ ।

लिग चरणका खेलहरू पुस १ गते सम्म सञ्चालन हुनेछ । लिग चरणमा कुल २८ खेल हुनेछ । लिग चरणका खेल १७ दिनमा सकिनेछ । लिग चरणमा दुई दिन विश्राम, दुई दिन एउटा खेल र बाँकी दिन २ खेल हुनेछन् । लिग चरणपछि एलिमिनेटेर, क्वालिफायर १ र २ तथा पुस ६ गते फाइनल खेल हुनेछ। एनपिएलमा कुल ३२ खेल हुनेछन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय