LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतदान देशैभरि शान्तिपूर्ण तवरमा सञ्चालन भइरहेको छ।

आइतबार बिहान साढे ११ बजेसम्म ३० प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन्। देशभरका ४१ स्थानका मतदान भइरहेको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।

तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनका लागि २ लाख २६ हजार ७ सय ९९ मतदाता छन्।

कीर्तिपुर नगरपालिका मेयरका लागि बिहान ११ बजेसम्म ६ हजार १६० मत खसेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। मतदान साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

मतदान सम्पन्न भएपछि मतपेटिका संकलन गरी मतगणनास्थलसम्म पुर्‍याइन्छ। त्यसपछि उम्मेदवार र दलका प्रतिनिधिको छलफलले मतगणना सुरू गर्नेबारे छलफल गर्नेछ।

काठमाडौंमा मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने तयारी छ। कीर्तिपुरको मेयर र १ र ४ नम्बर वडाध्यक्षको मतगणना नगरपालिका कार्यालयको सभाहलमा हुनेछ भने काठमाडौं महानगरपालिका९१६ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय