LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मंसिर १६,
सैनामैना – रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ । सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको हो ।

ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम परियार, ४० वर्षकी सुवित्रा परियार र २७ वर्षकी आइती परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ढिस्कोमा अरू पनि पुरिएको शङ्कामा खोजी भइरहेको छ । पुल निर्माणका लागि खाल्डो खनेर खाल्डोभित्र पर्खाल लगाउने क्रममा ढिस्को झरेको प्रहरीले जनाएको छ ।

एउटै गाउँका पाँच जनाको ज्यान गएपछि बाहिरीगाम शोकमा डुबेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय