LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

मंसिर १६,
सैनामैना – रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको छ । सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणका लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएको ढिस्कोले पुरिएर पाँच जनाको ज्यान गएको हो ।

ढिस्कोले पुरिएर सुनछहरी गाउँपालिका–३ बाहिरीगामका ४५ वर्षीय बुधमान परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षका वेदुराम परियार, ४० वर्षकी सुवित्रा परियार र २७ वर्षकी आइती परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ढिस्कोमा अरू पनि पुरिएको शङ्कामा खोजी भइरहेको छ । पुल निर्माणका लागि खाल्डो खनेर खाल्डोभित्र पर्खाल लगाउने क्रममा ढिस्को झरेको प्रहरीले जनाएको छ ।

एउटै गाउँका पाँच जनाको ज्यान गएपछि बाहिरीगाम शोकमा डुबेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय