LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सैनामैना, मंसिर १६ ।
लायन्स क्लब अफ सैनामैना बोलबमको आयोजनामा सैनामैना नगरपालिका वडा नंं २ मा आँखाको स्क्रिनिङ तथा मधुमेह जाँच कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष लायन केदार कार्कीको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ पी नेपालका डिस्ट्रिक गभर्नर एम।जे। एफ। लायन पुरुषोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको बिशिष्ट अतिथिमा एलसिआई डिष्ट्रिक्ट ३२५ पी नेपालका प्रथम भीडिजी पिएमजीफ लायन बालाराम भट्टराई, सैनामैना न।पा वार्ड नं २ का वार्ड अध्यक्ष अम्मरबहादुर कँडेल रहनुभएको थियो ।

 


उक्त कार्यक्रममा दुईसय २५ जनाले सुगर तथा आँखा जाँच गर्नुभएको थियो । जसमा आँखाको समस्या अनुसारको निः शुल्क औषधी वितरण गरिएको थियो । आँखा जाँच पश्चात समस्या देखिएको १८ जना बुवा आमाहरुको लायन्स आँखा अस्पताल बुटवलमा निःशुल्क अप्रेशन गर्ने गरी अप्रेसनका लागि आवश्यक रगत परीक्षणमा लाग्ने खर्च सैनामैना २ का वडा अध्यक्ष अम्मरबहादुर कँडेलले निशुल्क गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
कार्यक्रममा रिजन १३ का रिजन चियर पर्सन लायन शशिधर सापकोटाको आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन क्लवका कोषाध्यक्ष लायन माया जोशीले गर्नुभएको थियो ।
लायन्स क्लब अफ सैनामैना बोलबमले कार्यक्रम सम्पन्न गर्न विभिन्न प्रकारले सहयोग पु¥याउने सवैलाई धन्यबाद ज्ञापन गरेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय