LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, मंसिर १६ ।
लायन्स क्लब अफ सैनामैना बोलबमको आयोजनामा सैनामैना नगरपालिका वडा नंं २ मा आँखाको स्क्रिनिङ तथा मधुमेह जाँच कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा क्लवका अध्यक्ष लायन केदार कार्कीको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ पी नेपालका डिस्ट्रिक गभर्नर एम।जे। एफ। लायन पुरुषोत्तमभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको बिशिष्ट अतिथिमा एलसिआई डिष्ट्रिक्ट ३२५ पी नेपालका प्रथम भीडिजी पिएमजीफ लायन बालाराम भट्टराई, सैनामैना न।पा वार्ड नं २ का वार्ड अध्यक्ष अम्मरबहादुर कँडेल रहनुभएको थियो ।

 


उक्त कार्यक्रममा दुईसय २५ जनाले सुगर तथा आँखा जाँच गर्नुभएको थियो । जसमा आँखाको समस्या अनुसारको निः शुल्क औषधी वितरण गरिएको थियो । आँखा जाँच पश्चात समस्या देखिएको १८ जना बुवा आमाहरुको लायन्स आँखा अस्पताल बुटवलमा निःशुल्क अप्रेशन गर्ने गरी अप्रेसनका लागि आवश्यक रगत परीक्षणमा लाग्ने खर्च सैनामैना २ का वडा अध्यक्ष अम्मरबहादुर कँडेलले निशुल्क गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
कार्यक्रममा रिजन १३ का रिजन चियर पर्सन लायन शशिधर सापकोटाको आतिथ्यता रहेको थियो । कार्यक्रमको संयोजन क्लवका कोषाध्यक्ष लायन माया जोशीले गर्नुभएको थियो ।
लायन्स क्लब अफ सैनामैना बोलबमले कार्यक्रम सम्पन्न गर्न विभिन्न प्रकारले सहयोग पु¥याउने सवैलाई धन्यबाद ज्ञापन गरेको छ

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय