LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

अर्घाखाँची

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राविधिक सहयोगमा मोतियाविन्दुको अप्रेसन सहितको निःशुल्क आँखा उपचार शिविर छत्रदेव गाउँपालिका अन्तर्गत छत्रगन्ज स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
उपचार शिविरमा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, वडा नम्बर पाँचका वडा अध्यक्ष बालकृष्ण पोखरेल र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम संञ्चालन छत्रगन्ज स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा आँखा उपचारको लागि २०२ जनाले सेवा लिएका थिए । सेवा लिनेमा १११ महिला तथा ९१ जना पुरुष रहेका थिए ।

शिविरमा २२ जना मोतियाविन्दुको समस्या भएका सेवाग्राहीलाई अप्रेसन सेवा समेत उपलब्ध गराइएको छत्रदेव स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले जानकारी दिनुभयो ।

यता जिल्लाको सेवा घरमा लिन पाउँदा स्थानिय खुसी भएका छन भने गुम्न लागेको ज्योति पाउने भएपछि सबै सेवाग्राही हर्षित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय