LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

अर्घाखाँची

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीको प्राविधिक सहयोगमा मोतियाविन्दुको अप्रेसन सहितको निःशुल्क आँखा उपचार शिविर छत्रदेव गाउँपालिका अन्तर्गत छत्रगन्ज स्वास्थ्य चौकीमा सम्पन्न भएको छ ।
उपचार शिविरमा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा गाउँपालिका उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, वडा नम्बर पाँचका वडा अध्यक्ष बालकृष्ण पोखरेल र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम संञ्चालन छत्रगन्ज स्वास्थ्य चौकीका प्रमुख प्रकाश पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा आँखा उपचारको लागि २०२ जनाले सेवा लिएका थिए । सेवा लिनेमा १११ महिला तथा ९१ जना पुरुष रहेका थिए ।

शिविरमा २२ जना मोतियाविन्दुको समस्या भएका सेवाग्राहीलाई अप्रेसन सेवा समेत उपलब्ध गराइएको छत्रदेव स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले जानकारी दिनुभयो ।

यता जिल्लाको सेवा घरमा लिन पाउँदा स्थानिय खुसी भएका छन भने गुम्न लागेको ज्योति पाउने भएपछि सबै सेवाग्राही हर्षित भएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय