LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कपिलवस्तु उद्योग बाणिज्य संघले यही मंसिर १९ देखि पौस २ गते सम्म सञ्चालन गर्ने १५ औं कपिलवस्तु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
यस वर्षको महोत्सव विगतका महोत्सवहरू भन्दा फरक र पृथक हुने आयोजकले जनाएको छ । १५ औं महोत्सवमा कपिलवस्तु डान्स आइडल, प्रदेश स्तरीय कपर्दी, साइकिलिङ प्रतियोगिता, व्याडमिन्टन, लोक गायन, वक्तृत्वकला, लोक नृत्य, र स्थानीय कला संस्कृतिको प्रवद्र्धनमा विशेष ध्यान दिएको जनाएको छ ।

महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवद्र्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको पनि संघले जनाएको छ ।
महोत्सव आयोजक कपिलबस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीले महोत्सवमाकृषि प्रवद्र्धनको लागि कृषि आधुनिकीकरणको प्रदर्शनीको आयोजना गरिने बताउनुभयो । उहाँले महोत्सवमा कृषकहरुले उत्पादन गरेको कृषिजन्य बस्तुको साथै कृषि उपकरणको समेत प्रदर्शनी गर्ने बताउनुभयो । महोत्सवबाट कृषि क्षेत्रमा भएका नयाँ नयाँ प्रविधिको बिषयमा जानकारी मिल्ने उहाँले बताउनुभयो ।

महोत्सवमा स्थानीय धार्मिक स्थलहरूको प्रवद्र्धनका लागि निशुल्क स्टलहरूको व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रुपैयाँ भन्दा बढी कारोबार हुने आयोजकको अपेक्षा रहेको जनाएको छ ।
महोत्सवको उदघाटन पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, महोत्सवको दौरान महानायक राजेश हमालले कपडा बैंकको उदघाटन गर्ने कार्यक्रम पनि राखिएको अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय