LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

मंसिर १९,
काठमाण्डौ – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेशनमा हस्ताक्षर भएको छ । बेइजिङमा नेपाल र चीनका उच्च अधिकारीहरूबीच चलेको दुई दिने अनौपचारिक वार्तापछि बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चाका बीच आज बिहान दुवै देशका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौता गरेका हुन् । योसँगै अब नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई लाई आधिकारिक रूपमा अघि बढाउने पक्का भएको छ ।

यसअघि तयार पारेको फ्रेमवर्कको मस्यौदामा ग्रान्ट फाइनान्सिङ लेखिएको ठाउँमा एड फाइनान्सिङ राखेर हस्ताक्षर गरिएको छ । ग्रान्टको अर्थ अनुदान भन्ने हुन्छ भने एडको अर्थ सहायता भन्ने हुन्छ । त्यो अनुदान या ऋण जे पनि हुन सक्छ ।

बीआरआई अन्तर्गत ऋण नलिने नेपाली कांग्रेसको अडानका कारण अनुदानमात्रै लिनेगरी फ्रेमवर्क र परियोजनाहरूको सूची तयार पारेर सरकारले चीनको विदेश मन्त्रालयमा पठाएको थियो । तर नेपालले प्रस्ताव गरेको फ्रेमवर्कको मस्यौदाको ग्रान्ट फाइनान्सिङ भन्ने शब्द हटाएर चीनले फाइनान्सिङ मात्रै राखेपछि सम्झौता भएको थिएन ।

बीआरआई अन्तर्गत ऋण नलिने नेपालको प्रस्तावमा चीन असहमत भएपछि नेपाल र चीनका अधिकारीहरूबीच भएको छलफलमा बीचको बाटो खोज्ने सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय