LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

बैदिक सनातन धर्म संरक्षण समाज नेपाल रुपन्देहीको पाँचौ साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं. ११ शिबालय मन्दिरमा भएको साधारण सभामा बोल्दै समाजका केन्द्रिय अध्यक्ष कृष्ण सापकोटाले बैदिक धर्म हिन्दु परम्परा र संस्कृतिको मूल जरो रहेको बताउदै नेपालमा सनातन हिन्दु धर्म संस्कृति संरक्षणमा सवै एक हुनुपर्ने बताउनुभयो ।
समाजका रुपन्देही जिल्ला अध्यक्ष कृष्णराम रेग्मीको सभापतित्वमा भएको साधारण सभा उदघाटन कार्यक्रममा स्वागत समाजका जिल्ला उपाध्यक्ष टिकाराम पाण्डेले गर्नुभएको थियो । त्यसैगरी समारोहको सुरुमा पण्डित शंकर नेपाल, सागर लम्साल र रुद्र आचार्यले स्वस्ती बाचन गर्नुभएको थियो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन जिल्ला अध्यक्ष कृष्णराम रेग्मीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन लेखा समिति संयोजक रत्ना घिमिरले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष मिनप्रसाद घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका जिल्ला उपसचिव बिष्णुप्रसाद घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय