LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बैदिक सनातन धर्म संरक्षण समाज नेपाल रुपन्देहीको पाँचौ साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका वडा नं. ११ शिबालय मन्दिरमा भएको साधारण सभामा बोल्दै समाजका केन्द्रिय अध्यक्ष कृष्ण सापकोटाले बैदिक धर्म हिन्दु परम्परा र संस्कृतिको मूल जरो रहेको बताउदै नेपालमा सनातन हिन्दु धर्म संस्कृति संरक्षणमा सवै एक हुनुपर्ने बताउनुभयो ।
समाजका रुपन्देही जिल्ला अध्यक्ष कृष्णराम रेग्मीको सभापतित्वमा भएको साधारण सभा उदघाटन कार्यक्रममा स्वागत समाजका जिल्ला उपाध्यक्ष टिकाराम पाण्डेले गर्नुभएको थियो । त्यसैगरी समारोहको सुरुमा पण्डित शंकर नेपाल, सागर लम्साल र रुद्र आचार्यले स्वस्ती बाचन गर्नुभएको थियो ।
साधारण सभामा अध्यक्षको प्रतिवेदन जिल्ला अध्यक्ष कृष्णराम रेग्मीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन लेखा समिति संयोजक रत्ना घिमिरले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा समाजका केन्द्रिय उपाध्यक्ष मिनप्रसाद घिमिरेले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन समाजका जिल्ला उपसचिव बिष्णुप्रसाद घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय