LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

कपिलबस्तुको बुद्ध रंगशालामा १५ औँ कपिलवस्तु महोत्सव विहिवारदेखि सुरु भएको छ । महोत्सवको नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले एक समारोहका बीच उदघाटन गर्नुभयो ।
पौष २ गतेसम्म संचालन हुने महोत्सवमा नयाँ प्रतिभा र पुराना अनुभवी व्यक्तिहरूको क्षमता प्रदर्शन गरिने आयोजक समितिले जनाएको छ ।

महोत्सवको उदघाटन गर्दै पर्यटन मन्त्री बद्री पाण्डेले कृषिमा आधारित महोत्सवको रुपमा यो महोत्सवलाई महत्व दिनु अत्यन्त राम्रो भएको बताउनुभयो । उहाँले यो महोत्सवलाई आयोजकले पर्यटन प्रवद्र्धन महोत्सवको रुपमा प्रवद्र्धन गर्न समेत खोजेको आफूले पाएको बताउँदै यो स्थानमा औद्योगिक प्रदर्शनी गर्नेगरी उद्योगको संभावना यो स्थानमा रहेको उल्लेख गर्नुभयो । उहाँले संघले सुरु गरेको सिर्जनशील सकृयताको प्रशंसा गर्दै कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रबद्र्धन गर्ने यो महोत्सवले आर्थिक बाताबरण सिर्जनामा ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।महोत्सवको मूल आयोजक समितिका अध्यक्ष गणेशबहादुर क्षेत्रीले नयाँ र अनुभवी सदस्यहरूको संयोजनले महोत्सव आयोजना गर्न सहज भएको बताउनुभयो ।

संघमा स्थापना कालदेखि सक्रिय क्षेत्रीले यस पटकको महोत्सवलाई आफ्ना अनुभव र नयाँ साथीहरूको भिजनले थप आकर्षक बनाएको बताउनुभयो ।
यसपटक महोत्सवको प्रमुख आकर्षणमध्ये एक “डान्स आइडल“ रहेको छ ।
महोत्सवका निर्देशक हुमानाथ पौडेलले साना विवरणमा समेत ध्यान दिँदै नयाँ जोश र पुराना अनुभवलाई महोत्सवमा एकीकृत गरिएको बताउनुभाये ।
स्टल, स्टेज, गेट, र सचिवालय व्यवस्थापनमा यसपटक दर्शकले नयाँपनको अनुभव गर्ने उहाँको भनाई छ । ।
कपिलवस्तु महोत्सवमा २ लाख दर्शकको सहभागिता र १० करोड रूपैयाँ बराबरको कारोबार हुने आयोजकको लक्ष्य रहेको छ ।
दर्शकका लागि यो महोत्सव नयाँपन र उत्कृष्ट व्यवस्थापनको प्रतीक बन्ने आयोजकहरूको विश्वास छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय