LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दिनेश खनाल सैनामैना । चर्चित दक्षिण भारतीय फिल्म ‘पुष्पा’को तेसो श्रृंखला निर्माणको घोषणा भएको छ । फिल्मको पोस्ट क्रेडिट दृश्यमार्फत निर्माताले ‘पुष्पा ३’ आउने जनाएका हुन् । तेस्रो श्रृंखलाको नाम राखिएको छ पुष्पा ३ द र्‍याम्पेज ।

आजदेखि हलमा प्रदर्शनमा आएको फिल्म ‘पुष्पा २ द रुल’ हेरेका दर्शकलाई तेस्रो श्रृंखला घोषणाले थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ । फिल्मका प्रमुख पात्र पुष्पराजको यात्रा दोस्रो श्रृंखलामै रोकिने छैन बरु निर्देशक सुकुमारले तेस्रो श्रृंखला पनि आउने जनाएर दर्शकलाई थप अधैर्य तुल्याएका छन् ।

 

यो नतिजाअनुसार, ‘पुष्पा ३ द र्‍याम्पेज’ भारतीय फिल्मको अर्को प्रतीक्षित प्रोजेक्ट हुने निश्चित भएको छ । यो फिल्मको पहिलो भाग रिलिज हुँदै गर्दा निर्माताले सिक्वेल आउने बताएपनि प्रवद्र्वन अभियानमा समेत त्यसको नाम घोषणा गरेका थिएनन् ।

पहिलो भाग हेर्न गएका दर्शकले फिल्म हेरेपछि बल्ल थाहा पाए कि पुष्पा २ स् द रुल आउँदैछ । यसपटक पनि निर्माताले पोस्ट क्रेडिटमार्फत तेस्रो श्रृंखलाको घोषणा गरेर दर्शकलाई सरप्राइज दिएका छन् । ‘पृुष्पा २’मा अल्लु अर्जुन र रश्मिका मन्दानाको शीर्ष भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय