LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार लगायतका विकास गाउँ केन्द्रित भइरहदा मानिसहरु शहर केन्द्रित हुने अवस्थालाई सुधार गर्न ‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने बताउनु भएको छ ।

तीन तहका सरकारले गाउँ केन्द्रित विकासलाई प्राथमिकतामा राखेर सुविधाहरु पु¥याइरहेको सन्दर्भ केलाउदै मुख्यमन्त्री आचार्यले शहर केन्द्रित भएकाहरु अव गाउँ फर्कन जरुरी रहेको बताउनु भएको हो ।

शनिबार मालारानी गाउँपालिका–२ मा रहेको वीरेन्द्र माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण जयन्ति महोत्सवको उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले सुविधाकै लागि शहर पसेकाहरु अव गाउँ फर्कनुपर्ने धारणा राख्नु भयो ।
‘हामीले गाउँमा विकास पु¥यायौं । सुविधा पु¥यायौं । अहिले त्यही सुविधाका लागि शहर पसेकाहरु गाउँ फर्कन जरुरी छ’ उहाँले भन्नुभयो– ‘अव राम्रो स्कुलमा पढाउनकैलागि शहर पस्नुपर्ने, घरमा ताला झुण्ड्याउनुपर्ने अवस्था छैन् । यही गाउँमा पनि धेरै गर्न सकिन्छ । अव गाउँ फर्किएर उद्यम गर्न जरुरी छ ।’

उहाँले गाउँ फर्क अभियानलाई राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी तथा समाजका अगुवाहरुले उदाहरण बनेर देखाउनुपर्ने समेत धारणा राख्नुभयो । ‘राजनीतिक दलका कार्यकर्ता पनि अव उद्यममा जोडिएर व्यवसायीक बन्नुपर्छ । विदेशमा जतीको कमाई स्वदेशमा बसेर पनि गर्न सकिन्छ’ उहाँले भन्नुभयो–‘अव दलका कार्यकर्ताहरु उत्पादनसंग जोडिनैपर्छ । आफैले उदाहरण पेश नगर्दासम्म समाजको विश्वास जित्न सकिदैन ।’

मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै जानु चिन्ताको बिषय भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले गुणस्तर सुधार गर्न सबै पक्ष गंभीर बन्नुपर्ने बताउनु भयो ।

‘रिजल्ट सुधार्न एउटा पक्षले मात्रै ख्याल गरेर हुदैन । यसमा अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय, जनप्रतिनिधि सबै साझा रुपमा अघि बढ्नसक्नुपर्छ’उहाँले भन्नुभयो,‘गत बर्षको एसइइको नजिता सन्तोषजनक भएन । यसपालीको नजिता सुधारगर्ने बारेमा सबै चिन्तित र संवेदनशिल बन्नैपर्छ ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय